ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

त्यो प्रदर्शनी, जहाँ देखाइँदैछन् देवीदेवता ! (फोटो फिचर)

२०७९ मंसिर, १६  
फोटो फिचर र यो पनि
Tvs Raider Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । देवीदेवताबारे जानकारी लिन चाहानुहुन्छ ? सृष्टिको शुरु कसरी भयो हेर्न चाहानुहुन्छ ? चाहानुहुन्छ भने तपाईंहरूका लागि एक अवसर छ । काठमाडौं, बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा अहिले देवीदेवताको प्रदर्शनी चलिरहेको छ । 

प्रदर्शनीमा ब्रह्मा, विष्णु, महेश्वर, गणेशसँगै विभिन्न देवीदेवताको चित्रहरू राखिएका छन् । प्रदर्शनीमा सृष्टिको शुरु कसरी भयो भन्नेबारे पनि देखाइएको छ । प्रदर्शनीमा देवीदेवता मात्रै होइन, तराइ, पहाड र काठमाडौंको लोक संस्कृति झल्काउने हस्तकलाका चित्र पनि राखिएका छन् । 

नेपाल हस्तकला महासंघको ५० औं वार्षिकोत्सव तथा नेपाल कला परिषदको ६० औं वार्षिकोत्सवको अवसरमा गत आइतवारबाट नेपालका देवीदेवताहरू नामक प्रदर्शनी गरिएको हो । 

प्रदर्शनीको उद्घाटनमा  भारतीय राजदूत नवीन कुमार श्रीवास्तव, नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, नेपाल कला परिषद्का अध्यक्ष सागर शमशेर जबरा, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डंगोलको उपस्थित थिए । प्रदर्शनी यही मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ ।

तस्वीर  : सुनिल शर्मा / आर्थिक अभियान

 

                              

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro