ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धौलागिरी लघुवित्त र खप्तड लघुवित्तबीच मर्जर सम्झौता

२०७९ मंसिर, १८  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । 

आइतवार मर्जर सम्झौतामा धौलागिरीको तर्फबाट अध्यक्ष ईश्वरलाल राजभण्डारी र खप्तडको तर्फबाट अध्यक्ष सुमनप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार मर्जर पश्चात् बन्ने कम्पनीको नाम धौलागिरी लघुवित्त वित्तीय संस्था नै रहने छ भने अध्यक्षमा ईश्वरलाल राजभण्डारी रहनेछन्  ।

सम्झौतासँगै मर्जरको लागि मर्जर संयोजक समिति गठन भएको छ । समितिको सदस्यहरूमा धौलागिरीबाट सञ्चालकद्वय हरिप्रसाद शर्मा र सिर्जना थापा रहेका छन् भने खप्तडबाट सञ्चालकद्वय रणदेवकृष्ण श्रेष्ठ र डबलबहादुर शाह रहेका छन् ।  

यी दुवै कम्पनीले हालै मात्र आईपीओ निष्कासन गरेका थिए । धौलागिरी लघुवित्तले साउन २४ गतेदेखि साउन २९ गतेसम्म सर्वसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो । राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको धौलागिरीले बागलुङ नगरपालिका–२ श्रीनगर टोल, बागलुङ स्थित रजिष्टर्ड कार्यालयबाट आफ्नो कारोबार सञ्चालन गर्दै आइरहेको छ ।  

त्यस्तै खप्तड लघुवित्तले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्सकासन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्कासन गरेको थियो । सुदूरपश्चिममा कार्यक्षेत्र रहेको खप्तड  लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)