ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

विद्युतीय हवाई ट्याक्सीले आउँदो दशकमा हवाई सेवा उद्योगमा कस्तो क्रान्ति ल्याउला ? 

२०७९ मंसिर, १८  
यातायात प्रविधि विकास अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found

काठमाडौं । हवाई ट्याक्सीमा चढेर हावामा सरररर यात्रा गर्न सकिने विश्वको कल्पना तपाईंले कहिले गर्नु भएको छ ?

१९६० को दशकको जेटसनमा झैं उड्ने सवारी साधनसहितको विश्वको यो सपना हामीले सोचेभन्दा छिटै साकार हुन सक्छ । नेपालमा त कुन्नी । अमेरिकामा चाहिं यो कल्पना छिटै साकार हुने देखिएको छ ।

अमेरिकाभर कयौं कम्पनीहरुले अहिले विद्युतीय हवाई ट्याक्सीहरुको विकास गरिरहेका छन् । सडकबाटै उड्ने अनि सडकमै अवतरण हुन सक्ने यस्ता सवराी साधनको विकासमा होमिनेमा कयौं स्टार्टअप कम्पनी पनि छन् । 

विमानस्थलबाटै अवतरण हुने र उड्ने उपभोक्ताहरुको यात्रा छोटो र छिटो बनाउनका लागि व्यवसायिक हवाई सेवा प्रदायकहरुले पनि अहिले यस्तो खालको प्रविधिमा लगानी खन्याइरहेका छन् । अक्टोबरमा डेल्टा एयरलाइन्सले ईभी प्रविधिलाई समर्थन गर्ने स्टार्टअपको सूचीमा सामेल भएको थियो ।

ठाडै अवतरण र उडान गर्न सक्ने खालको विद्युतीय हवाई ट्याक्सी (ईभीटोल्स) बनाउने कम्पनी जबी एभिएशनमा डेल्टा एयरलाइन्सले ६ करोड डलर लगानी गरेको थियो । हवाई ट्याक्सी  सेवा सञ्चालन गर्न डेल्टाले सो लगानी गरेको हो । 

सन् २०२१ मा जबीले सन् २०२४ सम्ममा यूबरको जस्तै अनलाइन हवाई ट्याक्सी सेवा शुरु गर्ने घोषण गरेको थियो । कम्पनीले भनेकै मितिमा सो सेवा सञ्चालन गर्न सक्ला भनेर केही विशलेषकहरुले आलोचना समेत गरेका थिए 

यूनाइटेड एयरलाइन्सले पनि स्वेडेनस्थित स्टार्टअप हर्ट एरोस्पेशसँगको सहकार्यमा सन् २०३० सम्ममा क्षेत्रीय रुटमा विद्युतीय हवाई ट्याक्सी उडाउने योजना बनाइरहेको छ । युनाइटेडले यसअघि नै विद्युतीय हवाई ट्याक्सी सेवाका लागि अन्य दुई लगानी पनि गरेको छ ।

एउटामा २०० थान ईभीटोल्सका लागि एयर मोबिलिटीमा १ करोड ५० लाख डलर लगानी गरेको छ भने अर्कोमा १०० थानको ईभीटोल्सका लागि आर्चर एभिएशनमा लगानी छ । अमेरिकन एयरलाइन्सले पनि बेलायतस्थित भर्टिकल एरोस्पेश नामक कम्पनीमा ५० थान ईभीटोल्सका लागि २ करोड ५० लाख डलर लगानी खन्याएको छ । 
२०३० सम्ममा बजारमा आउँछन् हवाई ट्याक्सी ?
प्रमुख हवाई सेवा प्रदायक कम्पनीहरुले विश्वव्यापी स्टार्टअप कम्पनीहरुसँग सम्झौता गरिरहँदा सम्झनु पर्ने कुरा चाँहि के हो भने सम्झौता शर्तमा आधारित छन् । ती विमानहरुको प्रमाणीकरण र कम्पनीहरुले कति छिटो - छिटो विमान बनाएर दिन सक्छन् भन्नेमा हवाई ट्याक्सी सेवा भर पर्छन् ।

विमानले प्रमाणीकरण पायो अनि उत्पादन पनि छिटो - छिटो हुन थाल्यो भने कम्पनीले ईभीटोल्सलाई ग्राहक भएका ठाउँमा लैजान कतिको छिटो हुन्छन् भन्नेमा पनि बजारको आकार भर पर्छ ।  ठाडै अवरतण र उडान गर्न सक्ने विद्युतीय हवाई ट्याक्सीहरु खासमा व्यक्तिगत कारलाई विस्थापित गर्ने विकल्प भनेर बनाइएको हो । तर यो सेवा कहाँ–कहाँसम्म पुग्छ सोको आधारमा यसको प्रभाव पनि व्यक्ति पिच्छे फरक पर्न सक्छ । 

कम्पनीहरुले ईभीटोल्सलाई अहिलेकै पूर्वाधारमा चलाउने सोचेका छन् । शहरी क्षेत्रका अग्लो भवनको छतमा ‘भर्टिस्पट’ (ट्याक्सी ठाडै अवतरण गराउने ठाउँ) वा ‘भर्टीपोर्ट’ (छोटो दूरीको उडानका लागि क्षेत्रीय विमानस्थलहरु प्रयोग) बारे सोचिरहेका छन् ।

कम्पनीहरुले ग्राहकहरुलाई नजिक पर्ने ठाउँमा ‘भर्टिस्पट’ र ‘भर्टीपोर्ट’ राखे भने बजारको आकार सोचेभन्दा ठूलो हुन सक्ने बताइएको छ । अमेरिकामा सन् २०२५ देखि नै केही संख्यामा ईभीटोलहरु सञ्चालन हुन सक्छन् । तर ठूलो संख्यामा ईभीटोलहरु उडेको भने सन् २०३० को दशकमा मात्रै देख्न पाइनेछ । 

कार्बन उत्सर्जन गर्ने प्रयास गरिरहेका विमानसेवा कम्पनीका लागि यस्ता विमानमा लगानी गर्नुका फाइदा विमान सेवा कम्पनीहरुलाई धेरै छ । व्यवसायलाई टिकाउने पक्षबाट हेर्दा यस्ता लगानी लाभदायक छन् । हवाई सेवा प्रदाकयहरु सामु व्यवसायलाई टिकाउ र दिगो बनाउने खासै धेरै विकल्प छैन ।

यस्तोमा आफूलाई सस्टेनेबल के मा बनाउन सकिन्छ भनेर कम्पनीहरुले आक्रामक रुपमा लगानी गरिरहेका छन् । ग्राहकहरुलाई कार सेवाको साथमा हवाई ट्याक्सी सेवा दिन सक्ने विकल्प पनि हवाई उद्योग सामु छ । यस्तो भएमा छोटो दूरीमा समेत हवाई सेवाको प्रयोग गर्नेको संख्या  पनि बढ्नेछ ।

उपभोक्ताहरुले पनि केही बढी पैसा तिरेर कार भन्दा छिटो अनि प्रभावकारी विकल्प पाउनेछन् । तर ठूला शहरी क्षेत्रमा यो सेवा शुरु गर्न कयौं चुनौतीहरु बाँकी छन् । हवाई ट्याक्सी स्टार्टअप कम्पनी र हवाई सेवा प्रदायकहरुले सोचे जस्तो छिट्टै भने लञ्च हुने छैन  ।

विमान उत्पादन गर्ने र प्रमाणीकरण बाहेक पनि अहिलेकै संरचनामा यसको प्रयोग पनि अर्को चुनौती हो । तर जे भएपनि ईभीटोल्सले आगमी दशकमा हवाई सेवा उद्योगलाई तरंगित बनाउने विश्लेषकहरु बताउँछन् । एजेन्सीहरु

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro