ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रतिनिधि सभाको चुनाव भएको १५ दिनपछि सकिँदै मतगणना, दोलखामा ३० हजार मत गन्न बाँकी

२०७९ मंसिर, १८  
निर्वाचन विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । मङ्सिर ४ मा सम्पन्न निर्वाचनको मतगणना १५ दिनपछि मात्रै सकिने भएको छ । अहिले १६४ क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा मतगणना जारी छ । त्याहाँ सत्ता गठबन्धनबाट माओवादीका उम्मेदवार गङ्गा कार्कीको अग्रता कायमै छ ।

हालसम्म ५६ हजार ३२१ मत गणना गर्दा कार्कीले २५ हजार २०० मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी  नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले  हालसम्म २३ हजार ४७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनका उम्मेदवार अगाडि छन् । हालसम्म ४२ हजार सात सय १९ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले २३ हजार २३१ मत प्राप्त गरेका छन् भने एमालेका नरबहादुर श्रेष्ठले १५ हजार ३५६ मत प्राप्त गरेका छन् ।
 
प्रदेशसभा २ मा नेकपा (एमाले) का भरतबहादुर केसी निर्वाचित भइसकेका छन् । जिल्लामा जम्मा ९४ मतदानस्थल र १९५ मतदान केन्द्र रहेका थिए । कूल १ लाख ६१ हजार ४५० मतदाता रहेकोमा ८५ हजार ३८८ मत खसेको थियोे । अब त्याहाँ २९ हजार ६७ मत गन्न बाँकी रहेको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)