ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नाडेप लघुवित्तको शेयर कारोबार फुकुवा, दुई वर्षपछि कारोबारमा आउँदै

२०७९ मंसिर, २०  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । 

नेप्सेले कम्पनीका आधारभूत शेयरधनीको बाहेक अन्यको शेयर कारोबार फुकुवा गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशिका जारी गरेपछि कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएको थियो । 

सोहीअनुसार कम्पनीको शेयर भोलि बुधवारदेखि कारोबारमा आउनेछ । यस नाडेप लघुवित्त वित्तीय संस्थालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गाभ्ने सम्झौता गरेपछि २०७७ पुस १७ गतेदेखि कम्पनीको शेयर कारोबार रोक्का थियो । यस आधारमा कम्पनीको शेयर करीब दुई वर्षपछि कारोबारमा आउँदै छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)