ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

शुरूमा गोल गरेपछि अग्रता जोगाउन माहिर स्वीटजरल्यान्ड विरुद्ध कस्तो छ पोर्चुगलको रणनीति ?

२०७९ मंसिर, २०  
अन्तरराष्ट्रिय विश्वकप विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । यो वर्ष नेसन्स लिगमा पोर्चुगल र स्वीटजरल्यान्डले दुई पटक एक अर्काको सामना गरिसकेका छन् । दुवैले एक एक खेल जितेका छन् । क्रिष्चियानो रोनाल्डोको टिमले जुनको शुरुमा स्वीटजरल्यान्डलाई ४–० ले हराएको थियो ।

तर एक हप्तापछिको खेलमा पहिलो मिनेटमै स्वीटजरल्यान्डले गोलको खाता खोलेर अन्तिम सम्म पनि पोर्चुगललाई एक गोल गर्ने मौका नदिई जित सुनिश्चित गर्यो । पोर्चुगल कतार विश्वकपको अन्तिम १६ मा छिर्दा पोर्चुगलले यी प्रतिस्पर्धाहरूलाई स्मरण गरेको हुनु पर्छ । स्वीटजरल्यान्डसँग उसलाई धम्क्याउने र हराउने दुबै क्षमता छ ।

२०१० को विश्वकपमा च्याम्पिनय बनेको स्पेन एउटा मात्रै देशसँग पराजित भएको थियो । त्यो स्वीटजरल्यान्ड नै थियो । ५२ मिनेटमा स्वीटजरल्यान्डले गोल गरेपछि बाँकी समय उसले स्पेनलाई गोल फर्काउने मौका नै दिएन । युएफा नेशन लिग र यूरो कपमा पनि स्वीटजरल्यान्डले धेरै पटक शुरुमा गोल गरेर खेल जितेको छ । त्यस हिसावले स्वीस टोली अग्रता जोगाउन माहिर मानिन्छ । 

समूह चरणका तीन खेलमा ६ गोलसहित पोर्चुगल शीर्ष स्थानमा थियो । समूह चरणको अन्तिम खेलमा सर्बियासँग ३–२ ले हारेपछि स्वीट्जरल्यान्ड दोस्रो स्थानमा समेटियो । तर पोर्चुगलसँग भिड्दा स्वीटजरल्यान्डले समूह चरणमा ब्राजिल र क्यामरुनसँग पहिलो दुई खेल खेल्दा जत्तिकै संगठित लयमा फर्किनु पर्नेछ । 

रोनाल्डो ३७ वर्ष भइसकेका छन् । तर उनी अझै पनि ब्रुनो फर्नान्डेज जस्तै पोर्चुगलका गोल मेशिन हुन् । योआओ फेलिक्सले पनि राम्रो प्रदर्शन गरेका छन् । स्वीटजरल्यान्डको फवार्डमा ठूला नाम छैनन् । तर लिभरपुलका विङ्गर छेरदान शाकिरी, फर्वार्ड ब्रिल इम्बोलोले पोर्तुगाली खेलाडीहरूलाई दबाबमा राख्न सक्छन् । 

कतार विश्वकपमा काइलियान एमबाप्पे हाबी भएका छन् । मेसीले पनि गोल गर्न सघाएर आफ्नो उपस्थिति महसुस गराइरहेका छन् । तर पेनाल्टीलाई गोलमा बदल्ने बाहेक रोनाल्डोले खासै चमत्कार देखाउन सकेका छैनन् । स्वीटजरल्यान्ड विरुद्धको खेलमा रोनाल्डो मैदान बाहिर हुन सक्ने अनुमान पनि गरिएको छ ।

यो विश्वकपमा उनको मुख्य योगदान घानाविरुद्धको जित र पेनाल्टी स्कोरमा मात्रै सीमित छ । बाँकी खेलमा उनको उमेरले खेलमा साथ नदिएको हो कि जस्तो देखिएको छ । 

पोर्चुगल र स्वीटजरल्यान्ड पाँच पटक एक अर्कासँग भिडेका छन् ।पोर्चुगलले तीन खेलमा जित हात पार्दा स्वीटजरल्यान्डले दुई पटक जितेको छ । ठूला प्रतिस्पर्धामा कहलिएका टिमलाई स्वीटजरल्यान्डले कयौं पटक हराएको छ । २०२० को यूरोकपमा फ्रान्सलाई नक आउटमा हराएर स्वीटजरल्यान्डले रोमाञ्चक पुनरागमन गरेको थियो ।

यस पटक पनि स्वीस टोलीसामु पोर्चुगललाई हराउने राम्रो मौका छ । आज रातिको दोस्रो प्रि-क्वाटर फाइनलको विजेताले क्वाटर फाइनलमा मोरक्को  वा स्पेनमध्ये एउटाको सामना गर्नेछ । एजेन्सीहरु 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro