ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

समानुपातिकतर्फको मतगणना सकियो : एमालेभन्दा कांग्रेसलाई २ सिट कम, कसको कति सिट ?

२०७९ मंसिर, २०  
समाचार निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना पनि सकिएको छ ।

मंगलवार साँझ सकिएको मतगणना अनुसार प्रत्यक्षमा ४४ सिट जितेको एमाले समानुपातिकतर्फ सबैभन्दा ठूलो पार्टी बनेको छ । एमालेले समानुपातिकतर्फ ३४ सिट पाएको छ ।

त्यस्तै प्रत्यक्षतर्फ ५७ सिट जितेर पहिलो दल बनेको कांग्रेसले समानुपातिकमा भने दोस्रो स्थानमा समेटिएको छ । उसले ३२ सिट पाएको छ ।

त्यस्तै प्रत्यक्षतर्फ १८ सिट जितेर तेस्रो भएको माओवादी केन्द्र समानुपातिकतर्फ पनि तेस्रो भएको छ । माओवादीले समानुपातिकतर्फ १४ सिट पाएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा १३ सिट पाएको छ । प्रत्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिटमा जित हात पारेको थियो ।

त्यस्तै प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रपाले समानुपातिकमा  पनि ७ सिट नै जित हात पारेको छ । त्यस्तै जनमत पार्टी र जसपाले समानुपातिकमा ५/५ सिट पाएका छन् । प्रत्यक्षतर्फ जनमतले १ र जसपाले ७ सिटमा जितेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro