ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

स्पेनलाई हराउँदै अफ्रिकी राष्ट्र मोरक्कोले रच्यो इतिहास, पहिलोपटक क्वाटर फाइनलमा

२०७९ मंसिर, २०  
विश्वकप विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । स्पेनलाई हराउँदै क्वाटरफाइनल पुगेर मोरक्कोले इतिहास रचेको छ ।

मंगलवार राति सम्पन्न स्पेन र मोरक्को बीचको खेलको विजेताको टुंगो भने पेनाल्टी सुटआउटबाट लगाइएको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि क्वाटरफाइनल पुग्ने टिमको टुंगो पेनाल्टीबाट लगाइएको हो ।

पेनाल्टी सुटआउटमा मोरक्को ३-० ले विजयी भयो । मोरक्कोका गोलरक्षकले स्पेनका सबै प्रहार विफल पारिदिए । यो सँगै २०१० विजेता स्पेन भने लगातार तेस्रो पटक क्वाटरफाइनल नपुगेरै बाहिरिएको छ।

विश्वकप फुटबलको इतिहासमा पहिलोपटक क्वाटरफाइनलमा पुगेको मोरक्कोले सेमिफाइनल प्रवेशका लागि  पोर्चुगल र स्वीट्जरल्यान्ड मध्ये एकसँग प्रतिस्पर्धा गर्ने छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro