ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

तरलताको संकट

२०७९ मंसिर, २१  
पाठक विचार
Tvs Raider NA

बैंकहरूमा लगानीयोग्य रकमको अभाव भइरहेको छ । यसको मूल कारण सरकार नै हो । सरकारी ढुकुटीमा रहेको रकम विकास खर्चमार्फत बजारमा आउन सकेको भए तरलता व्यवस्थापन सहज हुन्छ । पूँजीगत खर्च हुन नसक्नु मुलुकको पुरानो समस्या हो । खर्च नहुँदा बजारमा तरलता अभाव हुने गरेको सन्दर्भमा खर्च बढाउन विशेष पहल आवश्यक छ । अर्थ मन्त्रालयले पूँजीगत खर्च नहुने कारण पहिल्याइसकेको सन्दर्भमा खर्च बढाउने योजना तत्काल कार्यान्वयन गर्नु आवश्यक छ । त्यस्तै वैदेशिक लगानी भित्रिए पनि तरलता सहज हुन्छ । त्यसैले तत्काल कार्यविधि बनाई विदेशी लगानी बढाउन पहल गर्नुपर्छ ।  तर, यी कुरा भन्न जति सजिलो छ, गर्न त्यति नै गाह्रो देखिन्छ ।

तरलताको संकट भएपछि अर्थतन्त्रमा लगानी बढ्न सक्दैन । लगानी नबढेपछि उत्पादन बढ्दैन र अर्थतन्त्र संकटको चक्रमा घुमिरहन्छ । त्यसैले सरकारले विकास बजेट मात्रै खर्च गर्न सक्यो भने पनि तरलताको समस्या निकै कम हुने निश्चित छ ।

प्रमोद खड्का
मण्डिखाटार, काठमाडौं ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro