ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

मंसिर २२ गतेदेखि १० औं अन्तरराष्ट्रिय इलेक्ट्रिकल–इलेक्ट्रोनिक्स प्रदर्शनी हुने, विद्युतीय सामान किन्न पाइने

२०७९ मंसिर, २१  
बजार विविध
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा 'इलेक्ट्रोटेक २०२२ तथा १० औं अन्तरराष्ट्रिय इलेक्ट्रिकल–इलेक्ट्रोनिक्स प्रदर्शनी तथा गोष्ठी' हुने भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त प्रदर्शनी  मंसीर २२ गते देखि २५ गतेसम्म ४ दिन चल्ने छ । प्रदर्शनीको नारा 'नेपालको संमृद्धी ऊर्जा खपत अभिवृद्धी' दिइएको छ ।

प्रदर्शनीमा इलेक्ट्रीक एंव इलेक्ट्रोनिक्स, संचार, सूचना प्रविधिसँग सम्बन्धीत र वैकल्पीक ऊर्जा लगायत सबै विद्युतीय सामग्रीहरू प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ । प्रदर्शनीमा नेपालमै उत्पादीत स्वदेशी उद्योगका उत्पादनहरूलाई विशेष प्राथमिकताका साथ देखाइने आयोजकले जानकारी दिएको छ ।

विद्युतीय चुल्हो, विद्युतीय वाइरिङ तार, बल्व, स्वीचबोर्डलगायतका विद्युतीय सामानहरू प्रदर्शनीमा राखिने छ ।

आयोजकका अनुसार प्रदर्शनी आयोजना गर्नुको मुल उद्देश्य विद्युतीय उर्जा खपतलाई बढाउनका लागि विद्युतीय सामग्री संग सम्बन्धीत सम्पूर्ण सरोकारवालाहरूलाई एकै ठाँउमा जमघट गराएर सामानहरूको ब्रान्डीङ गर्नुका साथै सूचना आदानप्रदान गर्ने रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro