ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

स्वीटजरल्यान्डमा चरम ऊर्जा संकट : विद्युतीय सवारीमा प्रतिबन्धदेखि खेलकूद गतिविधि स्थगनको तयारी

२०७९ मंसिर, २१  
अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found

काठमाडौं (अस) । स्वीटजरल्यान्डले विद्यतुीय सवारी साधनमा प्रतिबन्ध लगाउन खोजिरहेको छ । टेलिग्राफमा छापिएको समाचारअनुसार त्यहाँका अधिकारीहरूले माग धान्न नसकेर बिजुली झ्याप झ्याप काटिने अवस्था रोक्न र लोडशेडिङ हुन नदिने प्रस्ताव बनाउँदैछन् । यस्तो भयो भने विद्युतीय सवारी साधनमा रोक लगाउने स्वीटजरल्यान्ड पहिलो देश हुनेछ । 

बिजुलीका लागि स्वीटजरल्यान्ड जलविद्युतमा निर्भर छ । यहाँको कूल बिजुलीमा जलविद्युत्को हिस्सा ६० प्रतिशत छ । तर हिउँदका महीनाहरुमा बिजुलीको उत्पादन कम हुन्छ । यसले ठूलो परिमाणमा छिमेकी देशहरु फ्रान्स र जर्मनीबाट पनि बिजुली आयात गर्छ । तर युक्रेनी युद्धका कारण थर्मल ऊर्जा केन्द्र चलाउन चाहिने इन्धनको अभावका कारण फ्रान्स र जर्मनी दुबैले अहिले ऊर्जा संकटको सामना गरिरहेका छन् । 

बिजुली बचाउने यी देशहरुले कयौं उपायहरु घोषणा  गरेका छन् । परमाणु रियाक्टरहरू बन्द हुँदा यो वर्षको शुरुतिर फ्रान्समा बिजुलीको उत्पादन ३० वर्षकै न्यून स्तरमा आएको थियो । हिउँदमा हुने बिजुलीको माग धान्न अहिले यसले सक्दो प्रयास गरिरहेको छ । युक्रेनी युद्धका प्रभाव यूरोपका अन्य देशको तुलनामा फ्रान्समा धेरै छ । यस्तोमा स्वीटजरल्यान्डले सम्भावित बिजुली कटौतीको सामना गर्न आवश्यक तयारी गरिरहेको छ ।

नयाँ प्रस्तावमा भवनहरुमा इन्धनको प्रयोगमा प्रतिबन्ध लगाउने योजना छ । यसको साथै कन्सर्ट, थियटरमा प्रदर्शन र खेलकूद कार्यक्रमहरूमा पनि बन्देज लगाउन सकिनेछ । अवस्था खस्किदैं गयो भने अत्यावश्यक बाहेक अन्य प्रयोजनका लागि विद्युतीय सवारी साधनको प्रयोगमा रोक लगाउन अधिकारीहरूले चाहिरहेका छन् । यस बाहेक क्रिप्टोकरेन्सी माइनिङमा रोक लगाउने र एस्कालेटरहरू बन्द गरेर राखिने लगायत उपायहरू पनि छन् ।

यो प्रस्ताव पारित भएमा पसलहरूले सञ्चालन घन्टा कम गर्नु पर्नेछ । स्ट्रिमिङ सेवा सीमित बनाइनेछ । भवनहरूमा पनि तापक्रम २० डिग्री सेल्सियस भन्दा बढी पार्न पाइनेछैन । यो प्रस्तावलाई संकट र आकस्मिक भनेर दुई तहमा विभाजित गरिएको छ । यसमा तीन तहको प्रतिबन्ध छ । आपूर्तिको स्तर हेरेर अधिकारीहरुले हरेक तहको प्रतिबन्धलाई सक्रिय बनाउँदै लैजानेछन् ।

सबैभन्दा न्यून तहमा भवनहरु २० डिग्री सेल्सियससम्म तातो बनाउन सकिनेछ । अवस्था थप बिग्रियो भने विद्युतीय सवारी साधनको प्रयोगमा रोक लगाइनेछ । स्थिति विकराल नै भयो भने चाँहि कन्सर्ट र खेलकूल प्रतियोगिताहरूको आयोजनामा रोक लगाइनेछ । एजेन्सी 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro