ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

गाडीभाडा बढाउने तयारी

२०७९ मंसिर, २२  
१० वर्ष अघि
Tvs Raider NA

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मुलुकभरका यात्रुवाहक सवारीसाधनको भाडा बढाउने तयारी गरेको छ । ‘कात्तिकभित्र सरकारले वैज्ञानिक भाडादर प्रणालीको माग सम्बोधन नगरे मङ्सिर १ गतेबाट भाडा बढ्ने निश्चित छ,’ महासंघका प्रवक्ता सरोज सिटौलाले भने ।

सवारी बीमा, मजदुरको पारिश्रमिक, कर, सवारीसाधनका पार्टपुर्जा, तेललगायतको मूल्यवृद्धि हुनेबित्तिकै त्यसका आधारमा भाडा पनि स्वत: बढ्नेगरी वैज्ञानिक भाडादर प्रणाली लागू गर्नुपर्ने महासंघको माग छ । सरकारले मागमाथि बेवास्ता  गरे १५ प्रतिशत भाडा बढाउने निर्णय महासंघ केन्द्रीय बैठकले गरेको सिटौलाले जानकारी दिए ।

राष्ट्रिय महासंघले बढाएको भाडादर आफूहरूलाई मान्य नहुने यातायात व्यवसायीको अर्को संस्था नेपाल यातायात व्यवसायी सर्वोच्च महासंघका अध्यक्ष विष्णु शिवाकोटी बताउँछन् । ‘नेपालभरिका  यात्रुवाहक सवारीको भाडा बढाउने निर्णय धेरै नै संवेदनशील हो । त्यसैले यसका लागि प्रणाली बनाएर जानुपर्छ । सरकारले भाडा निर्धारण प्रणालीबारे छुट्टै नीति बनाएर निर्णय गरेपछि मात्र यस विषयमा सोच्न सकिन्छ,’ उनले भने । श्रम तथा यातायात व्यवस्था मन्त्रालयले भने यस विषयलाई खासै चासो दिएको छैन । यातायात व्यवसायी राष्ट्रिय महासंघको मागबारे आफूलाई जानकारी नै नभएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता पूर्णचन्द्र भट्टराई बताउँछन् । ‘श्रमतिरको हो भने मलाई सबै थाहा हुन्छ तर यातायातबारे केही जानकारी छैन,’ प्रवक्ता भट्टराईले अभियानसँग भने ।

वर्ष ६, अंक २६, आइतवार, १७ असोज, २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro