ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

साधना लघुवित्तले माग्यो कर्मचारी, अधिकृतदेखि प्रशिक्षार्थीसम्म

२०७९ मंसिर, २२  
रोजगारी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले अधिकृत/ सहायकअधिकृत (आन्तरिक लेखा परीक्षण विभाग र कर्जा असुली विभाग) पदका लागि केही, सुपरभाइजर/वरिष्ठ सहायक/सहायक पदका लागि केही र व्यवस्थापन प्रशिक्षार्थी/सहायक प्रशिक्षार्थी पदका लागि केही कर्मचारी माग गरेको छ ।

कम्पनीका अनुसार उमेरहदमा सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ ननाघेको र अधिकृत तहमा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको तर महिला आवेदकको हकमा ५ वर्ष थप हुने जनाइएको छ ।

इच्छुक तथा अनुभवी आवेदकले सूचना प्रकाशित भएको १५ दिन भित्र कम्पनीको वेबसाइटमा आवेदन गर्न आह्वान गरिएको छ ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro