काठमाडौं । चाबहीलको चुच्चेपाटीस्थित दाम्पा कम्प्लेक्समा अन्तरराष्ट्रिय स्तरको 'मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक' सञ्चालनमा आएको छ । बिहीवार कलाकार दिपाश्री निरौला, आकाश श्रेष्ठ र बेनिसा हमालले क्लिनिकको उद्घाटन गरेका छन् ।
बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुल्ला हुने क्लिनिकले कपाल प्रत्यारोपण, चाया, पोतो, डन्डिफोर, कोठी, मुसा, एलर्जी, चाउरी पर्ने, नङ सम्बन्धी सम्पूर्ण रोग, कपाल सम्बन्धी सम्पूर्ण रोग, दाद, कालोपोतो, मोटोपन घटाउने र लेजर सेवा तथा सम्पूर्ण छाला र यौन सम्बन्धी रोगहरूको सेवा दिने छ ।
क्लिनिकलाई व्यापारीक केन्द्रका रुपमा भन्दा पनि सेवामुखी बनाउने उद्देश्यले सञ्चालन गरिएको क्लिनका अध्यक्ष सागर भुसालले बताए । यहाँ आर्थिक अवस्था कमजोर भएका सेवाग्राहीहरूलाई ल्याकत अनुसार विशेष छुट दिने व्यवस्था मिलाएको भुसालको भनाइ छ ।
क्लिनिकमा उपचार तथा परामर्शका लागि डा. मोहन भुसाल, डा. एलिसा भट्टराई र डा. सन्देश मास्के उपलब्ध हुने छन् ।
पछिल्लो समय कस्मेटिक र छालाजन्य प्रयोगका लागि बजारमा आएका कमशल क्रिम तथा अन्य सामग्रीहरूबाट उपभोक्तालाई सचेत बनाउँदै सेवा दिन क्लिनिकभित्र आफ्नै फार्मेसी पनि सञ्चालनमा ल्याएको भुसालले बताए ।
क्लिनिक सञ्चालनमा आएको अवसरमा मङ्सिर र पुस महीनाभर ओपीडी तथा अन्य सेवाहरुमा ५० प्रतिशत छुटको पनि व्यवस्था रहेको क्लिनिकका अध्यक्ष भुसालले जानकारी दिए ।
बढ्दो प्रदूषण (धुलो, धुँवा), उचित स्याहार र परामर्शको अभावमा पछिल्लो समय छालाजन्य संक्रमणका साथै विविध किसिमका समस्याहरू बढ्दो क्रममा रहेकोले, यसको उपचार तथा परामर्शका लागि उपयुक्त र व्यवस्थित चिकित्सकका साथै क्लिनिकको समेत अभाव मेटाउन क्लिनिक सञ्चालनमा ल्याइएको उनको दाबी छ ।