ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

चीन–नेपाल रेलमार्गका लागि रसुवा नाका प्राथमिकतामा

२०७९ मंसिर, २३  
१० वर्ष अघि
Tvs Raider NA

प्रस्तावित चीन–नेपाल रेलमार्गका लागि तातोपानी नाकाभन्दा केरुङ–रसुवागढी नाका उपयुक्त देखिएको छ । यससम्बन्धमा चिनियाँ पक्षले गरेको प्रारम्भिक अध्ययनमा भौगोलिक कारणले सिन्धुपाल्चोकको तातोपानीभन्दा रसुवागढी भएर रेलमार्ग निर्माण सहज हुने देखिएको छ । तातोपानी नाका हुँदै रेलसेवा सञ्चालन गर्न भौगोलिक कारणले असम्भव देखिएकाले विकल्पका रूपमा रसुवा छानिएको जानकारी यातायात मन्त्रालयको उच्च स्रोतले दिएको छ ।

चीन सरकारले हालै शुरू गरेको नेपालतर्फ रेलमार्ग विस्तार पहिलेकै योजनाअनुरूप भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक शरदविक्रम राणाले बताए । चीनले हाललाई उक्त रेलमार्ग तिब्बतको दोस्रो ठूलो शहर सिगात्सेसम्म ल्याउने छ । सोका लागि चीन सरकारले करीब रू. १३ अर्ब ३० करोड चिनियाँ युआनसमेत विनियोजन गरिसकेको जानकारी केही दिनअघि मात्र सार्वजनिक भएको छ । अहिले सिगात्सेसम्म ल्याउन लागिएको सो रेलमार्ग पछि खासा हुँदै तातोपानी जोड्ने या केरुङ नाकाबाट रसुवागढीतर्फ लैजाने दुई विकल्प छन्, यीमध्ये भौगोलिक कारणले रसुवा उपयुक्त देखिएको छ । चीन सरकारले अहिले केरुङलाई समेत खासाजस्तै विकास गर्दै लगेका कारण पनि उक्त नाकाको सम्भावना अधिक भएको बताइएको छ । सिगात्सेबाट केरुङको दूरी करिब ७ सय ५० किलोमिटर छ तर, सिगात्से खासाको दूरी भने करिब ६ सय किमी मात्र छ ।

वर्ष ६, अंक २६, आइतवार, १७ असोज, २०६७ 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)