काठमाडौं । अमेरिकी डलरको मूल्य शुक्रवार (आज) घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज १ अमेरिकी डलरको खरीददर १३१ रूपैयाँ ५८ पैसा र विक्रीदर १३२ रूपैयाँ १८ पैसा छ । विहीवार १ अमेरिकी डलरको खरीददर १३१ रूपैयाँ ६६ पैसा र विक्रीदर १३२ रूपैयाँ २६ पैसा थियो ।
आज युरो र पाउण्ड स्टर्लिङको भाउ भने बढेको छ । आज युरोको भाउ ९ पैसाले बढेको छ । आज प्रतियुरो खरीददर १३८ रूपैयाँ ११ पैसा र विक्रीदर १३८ रूपैयाँ ७४ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीददर १३८ रूपैयाँ ०२ पैसा र विक्रीदर १३८ रूपैयाँ ६५ पैसा कायम थियो ।
आज पाउण्ड स्टर्लिङको भाउ २३ पैसाले बढेको छ । आज प्रतिपाउण्ड स्टर्लिङको खरीददर १६० रूपैयाँ १० पैसा र विक्रीदर १६० रूपैयाँ ८३ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड स्टर्लिङको खरीददर १५९ रूपैयाँ ८७ पैसा र विक्रीदर १६० रूपैयाँ ६० पैसा कायम थियो ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर