काठमाडौं । सुनको मूल्य ताेलाको एक लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलामा ६०० रूपैयाँ बढेर १ लाख ३०० रूपैयाँ कायम भएको छ । बिहीवार सुनको भाउ तोलाको ९९ हजार ७०० रूपैयाँ थियाे ।
यसअघि गत वैशाख ११ गते सुनको मूल्य तोलाको १ लाख ५०० रूपैयाँ तोकिएको थियो । त्यसको भोलिपल्ट सुनको भाउ तोलाको १ लाख २०० रूपैयाँ कायम भएको थियो । साेही महीनाको ५ गते सुनको भाउ तोलाको १ लाख २ हजार ५०० रूपैयाँ तोकिएको थियो । गत फागुन २५ गते सुनको भाउ अहिलेसम्मकै उच्च १ लाख ५ हजार ५०० रूपैयाँ कायम भएकाे थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ३० रूपैयाँले बढेर १ हजार ३९० रूपैयाँ कायम भएको छ । बिहीवार चाँदी तोलाको १ हजार ३६० रूपैयाँ कायम भएको थियो ।
अन्तरराष्ट्रिय बजारको मूल्य अनुसार नेपालमा सुनको मूल्य समायोजन हुने सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।