काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडले चौथो वार्षिक साधारण सभा पुस २२ गते गर्ने भएको छ । काठमाडौंको कान्तिपथ मार्गस्थित होटल प्यागोडामा उक्त दिन दिउँसाे १ः३० बजे सभा हुने कम्पनीले जनाएकाे छ ।
सभाले चुक्ता पूँजी वृद्धिका लागि विद्यमान शेयरधनीहरूलाई हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले आर्थिक वर्ष (आव) २०७८/७९ को वार्षिक प्रतिवेदन र आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त साधारण सभा गर्ने जानकारी दिएको हो ।