ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्ट्याण्डर्ड चार्टर्डसहित तीन बैंकको साधारण सभा आइतवार, कसले पेश गर्दैछन् कुन प्रस्ताव?

२०७९ मंसिर, २३  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडसहित तीन ओटा बैंकले आगामी आइतवार साधारणसभा गर्दैछन् । उक्त दिन कुमारी बैंक र नेपाल क्रेटिड एण्ड कमर्श (एनसीसी) बैंकले पनि साधारण सभा गर्न लागेका हुन् । 

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले काठमाडौं, भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा उक्त दिन दिउँसो १ बजे सभा गर्ने जानकारी गराएको छ । सभामा शेयरधनीहरूलाई १६ दशमलव ५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारितका लागि पेस गरिनेछ । यस्तै सभाले आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुंगो लगाउने बताइएकाे छ । सभामा सर्वसाधारण शेयरधनीहरूको तर्फबाट एक जना सञ्चालकको निर्वाचनसमेत हुनेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर ७ गते एक दिन बुक क्लोज गरिसकेको छ । यस आधारमा मंसिर ६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । 

कुमारी बैंकले आइतवार विशेष साधारण सभा आयोजना गरेको छ । काठमाडौं, नक्सालस्थित कुमारी बैंक लिमिटेडमा उक्त दिन दिउँसो १ बजे सभा शुरु हुने कम्पनीले जानकारी दिएको हो ।

सभाले कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक गाभिने प्रस्तावलाई पारित गर्ने बताइएकाे छ । दुई बैंकबीच मर्जरका लागि तय भएको एक बराबर एक शेयर आदानप्रदान अनुपातलाई समेत विशेष साधारण सभाले स्वीकृति प्रदान गर्नेछ ।

विशेष साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर १५ गते एक दिन बुक क्लोज गरिसकेको छ । यस आधारमा मंसिर १४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भागलिन पाउनेछन् । 

एनसीसी बैंकले पनि आइतवार काठमाडौं, शंखमुलस्थित अनमोल ब्याङक्वेटमा दिउँसो १ बजे सभा गर्ने जानकारी गराएको छ । सभाले कुमारी बैंकसँगको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ । दुई बैंकबीच मर्जरका लागि तय भएको एक बराबर एक शेयर आदानप्रदान अनुपातलाई समेत विशेष साधारण सभाले स्वीकृति प्रदान गर्नेछ । 

मर्जर प्रक्रिया पूरा गर्नका निम्ति आगामी दिनमा आवश्यक सम्पूर्ण काम गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले पारित गर्ने बताइएकाे छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)