काठमाडौं । नेपाल हस्तकला महासंघको आयोजनामा १९ औं हस्तकला ब्यापार मेला तथा १७ औं हस्तकला प्रतियोगिता शुरू भएको छ ।
काठमाडौंको बौद्ध स्थित होटल हायात रिजेन्सीमा शुरू भएको प्रदर्शनीको शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्नुभयो ।
शुक्रवार देखि मंगलवारसम्म गरेर ५ दिन सम्म चल्ने प्रदर्शनीमा बिभिन्न हस्तकलाका उत्पादन सहितका स्टलहरू राखिएका छन् ।
साथै प्रदर्शनीमा हस्तकला प्रतियोगिता पनि सञ्चालन भइरहेको छ । प्रतियोगिता अन्तर्गत प्रतियोगीले मेलामै हस्तकलाका सामान निर्माण गरेर प्रदर्शन गर्ने आयोजकले जानकारी दिएको छ ।