ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

काठमाडौंवासीलाई बाह्रै महीना पानी खुवाउने खानेपानी मन्त्रीको प्रतिवद्धता

२०७९ मंसिर, २३  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले अस्थायी रूपमा भएपनि काठमाडौंवासीलाई १२ महीना नै पानी खुवाउने प्रतिवद्धता जनाएका छन् । शुक्रवार मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा उनले काठमाडौंवासीलाई अस्थायी रूपमा भएपनि पानी खुवाउने प्रतिवद्धता जनाएका हुन् । 

उनले मेलम्चीको पानीको दीर्घकालीन रूपमा स्थायी समस्या समाधानका लागि एडीभीले पहिलो प्रतिवेदन बुझाइसकेको र दोस्रो प्रतिवेदन बुझाउने चरणमा रहेको जानकारी दिँदै मेलम्ची खानेपानीका संरचना सुरक्षा गर्दै स्थायी समाधान खोज्नेतर्फ सरकार लागेको बताए । 

मन्त्री चौधरीले विज्ञहरूले दिएको सुझाव र एडीभीले दिएको प्रतिवेदनलाई कार्यान्वयन गरेको खण्डमा बाह्रै मास नै काठमाडौंवासीलाई पानी खुवाउन सकिने उल्लेख गरे । उनले काठमाडौंवासीलाई बारम्बार मेलम्चीकै पानीको लागि पर्खिनुपर्ने बाध्यता हटाउनका लागि सरकारले मेलम्चीको विकल्पको रूपमा यस वर्ष वर्षातको बेलामा वागमतीको पानी ल्याएर मेलम्चीकै ट्रिटमेण्ट प्लान्टमा जम्मा गरिएको बताए ।

उनले याङ्ग्री र लार्केको योजना पनि अध्ययन गरी अघि बढाएको साथै सिस्नेरी र ठोस्ने खोलाको काम पनि भइरहेको बताए । काठमाडौंवासीलाई बाह्रै महीना खानेपानी खुवाउन महादेव खोलाको पनि विकल्पमा काम भइरहेको उनको भनाइ छ । 

मन्त्री चौधरीले आगामी दिनमा काठमाडौंमा पानी व्यवस्थापन गर्न अन्य ठाउँको विकल्प दिनसके काठमाडौंवासीले कसैको मुख हेर्न नपर्ने बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro