ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाराही हाइड्रोपावरको आईपीओमा १४ गुणा बढी आवेदन , कहिलेसम्म पाइन्छ आवेदन दिन ?

२०७९ मंसिर, २३  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओमा मागभन्दा १४ दशमलव ०२ गुणा बढी आवेदन परेको छ । सिडिएस क्लियरिङ्गका अनुसार शुक्रवार २ बजेसम्ममा ६ लाख २१ ह्जार ३८ जना आवेदकले ७२ लाख २७ हजार ५९० कित्ताका लागि आवेदन दिएका हुन । यो सर्वसाधारणको लागि निष्कासन गरिएकोमा कित्तालाई आधार मान्दा १४ दशमलव ०२ गुणा बढी आवेदन परेको हो । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा मंसिर २१ गतेदेखि सर्वसाधारणका लागि ५ लाख ५४ हजार कित्ता शेयर निष्कासन गरेको हो ।  ।

सर्वसाधारणमा वितरण गरिने कुल कित्ता शेयरमध्ये २७ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि बाँडफाँट गरिएको छ भने ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको छ । यीबाहेक बाँकी ५ लाख १५ हजार २२० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो शेयर मङ्सिर २६ गतेसम्म विक्रीमा रहनेछ  ।

आवेदकले यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दै इक्रा एनपी इस्युअर रेटिङ बी माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथैै सिडिएससीको मेरो शेयर वेबसाइट वा एपमार्फत पनि आवेदन दिन सकिनेछ । 

यस कम्पनीले बागलुङमा निर्माण गरेको १ दशमलव ५ मेगावाट क्षमताको ठेउले खोला जलविद्युत् आयोजनाबाट कम्पनीले २०७४ असार २४ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । आर्थिक वर्ष २०७७/७८ सम्मको वास्तविक वित्तीय विवरणअनुसार कम्पनी रू. ५ करोड ८९ लाखभन्दा बढी सञ्चित नोक्सानीमा छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १ दशमलव ९३ र प्रतिशेयर नेटवर्थ रू.६४ दशमलव ९७ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)