ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सात निर्जीवन बीमा कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको कति लाभांश ?

२०७९ मंसिर, २९  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । हालसम्ममा ७ निर्जीवन बीमा कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेका छन् । नेको इन्सुरेन्स, एनएलजी इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । गत आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरिएको हो । 

नेको इन्सुरेन्स कम्पनीले गत आवको मुनाफाबाट हाल कायम चुक्तापूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले अघिल्लो वर्षको मुनाफाबाट गत वर्ष शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कम्पनीले यस वर्ष पनि गत वर्ष बराबर लाभांश प्रस्ताव गरेको छ । 

त्यस्तै एनएलजी इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत वर्ष पनि १० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यसरी हेर्दा यस कम्पनीले पनि गत वर्ष र यस वर्ष समान दरमा लाभांश दिएको देखिन्छ । 

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ६ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत वर्ष शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस कम्पनीको लाभांश गत वर्षभन्दा यस वर्ष केही घटेको देखिन्छ । 

प्रिमियर इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्तापूँजीको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कुल लाभांशमध्ये १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर रहेको छ । कात्तिक २९ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष १४ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यसरी हेर्दा यस कम्पनीले यस वर्ष नगद लाभांशमा जोड दिएको छ । 

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले भने यस वर्ष शेयरधनीलाई नगद लाभांश मात्रै दिने घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको ९ दशमलव ४८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत वर्ष शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

त्यसैगरी नेपाल इन्स्योरेन्स कम्पनीले यस वर्ष शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । गत वर्ष कम्पनीले शेयरधनीलाई ११ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

त्यसैगरी युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले यस वर्ष शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यस कम्पनीले शेयरधनीलाई आव २०७२/७३ पछि बल्ल लाभांश दिन लागेको हो ।

सो आवमा कम्पनीले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । यी सबै कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)