ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

तरलता अभाव समाधान गर्नै नसकिने समस्या हो ?

२०७९ पौष, ३  
पाठक विचार
Tvs Raider NA

नेपालको बैंकिङ क्षेत्र निकै सबल मानिए पनि कहिले अधिक तरलता त कहिले तरलता अभावको चक्रमा फसिरहने गरेको छ । अर्थतन्त्र चलायमान बनाउन बैंकको भूमिका हुन्छ तर यो चक्र बैंकिङ जगत्ले एक्लै तोड्न सक्ने देखिँदैन ।

अहिले नेपालको बैंकिङ क्षेत्र स्वाभाविक लयमा छैन । बैंकहरू लगानीयोग्य पूँजीको अभावमा छन् । व्यवसायीहरूले बैंकबाट कर्जा पाइरहेका छैनन् । बैंकहरूले कर्जामा चर्को ब्याज लिइरहेका छन् ।

राष्ट्र बैंकले स्प्रेडदर घटाएको छ । स्प्रेडदर घट्नु भनेको नाफा घट्ने हो । आम्दानीको स्रोत वृद्धि गर्न खर्च कटौती गर्नुपर्छ । खर्च वृद्धि भएकाले कुल नाफामा असर गर्नु स्वाभाविक हो । अहिले विभिन्न खालका प्रोभिजन, खर्च, मूल्य वृद्धि, कर्जाको लागत बढेको हुँदा नाफामा संकुचन पक्कै आउँछ ।

तर, यस्तो तरलताको समस्या बारम्बार किन आइरहन्छ ? अन्य देशमा पनि यस्तो समस्या नआउने होइन तर नेपालमा भने हरेक वर्ष नै यो समस्या देखिइरहेको छ । यसले सरकारले लिएको आर्थिक नीति असफल भएको त होइन भन्ने आशंकालाई जन्माएको छ । हुन पनि सरकारकै असफलताका कारण तरलतामा कमी आएको हो । एकातिर कर र अन्त:शुल्कको रकम सरकारी खातामा जान्छ भने अर्कातिर सरकारले विकास निर्माणको काम गर्न सकेको छैन । त्यस्तै सरकारले विकास ऋणपत्रबाट पनि जनताबाट पैसा उठाइरहेको छ । त्यो पैसा फर्केर बजारमा आउन सकेको छैन जसका कारण तरलताको समस्या थपिएको हो । हुन त यसका लागि पनि सरकारले केही नीतिगत सहजता थपिदिएको छ । तैपनि तरलताको समस्या लामै समयसम्म देखिइरहेको छ र अझै लम्बिने देखिन्छ । यो समस्याको समाधान गर्न सक्दै नसकिने हो त ? सरकारले नयाँ नोट छापेर पनि बजारमा तरलता पठाउन सक्छ तर त्यसले महँगी त बढाउँछ तैपनि तरलतालाई पनि समाधान गर्छ । यसले अर्थतन्त्रलाई गतिदिने हुँदा त्यसबारे पनि सोच्न सकिन्छ । तर, जथाभावी नोट छाप्दा श्रीलंकामा जस्तै समस्या नआउला भन्न सकिँदैन । जेहोस्, यो समस्यालाई लम्बिन दिनु भनेको अर्थतन्त्रको गति बढ्न नदिनु हो ।

रमेश श्रेष्ठ
बालाजुहाइट, काठमाडौं ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro