ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

शेयरबजारको गति

२०७९ पौष, ३  
पाठक विचार
Tvs Raider NA

३२ सय अंकमा पुगेर ओरालो झर्न थालेको शेयरबजार माथि उक्लन मानिरहेको छैन । त्यतिबेला अरूको लहै लहैमा लागेर लगानी गर्नेहरू अहिले रुवाबासी गरिरहेका छन् । शेयर कर्जामा ऋण लिएर लगानी गर्नेहरू शेयर बेचूँ कि पालिराखूँ भनेर ज्यादै अन्योलमा छन् । नयाँ लगानीकर्ता बजारमा खासै आएका छैनन् । शेयरबजारको यो निराशा कहिलेसम्म जारी रहला ?

ब्याजदर र शेयरबजारबीच सम्बन्ध छ । ब्याजदर बढ्यो भने शेयरबाट भन्दा बढी मुनाफा हुन्छ । जोखिम पनि लिनु पर्दैन । त्यसैले अहिले मानिसहरू शेयर बेचेर बैंकमा मुद्दतीमा लगेर पैसा राखिरहेका छन् । बैंकहरूले १० देखि ११ प्रतिशतसम्मको ब्याजदरमा ऋणपत्र बेचेका छन् । त्यो ऋणपत्र पनि ५ देखि १० वर्षसम्मको छ । यसले बजारमा ब्याजदर घट्दैन भन्ने संकेत गर्छ किनभने आफूले लिनेभन्दा कम ब्याजदरमा बैंकले ऋण दिँदैन । उसले कमाउने भनेको यही ब्याजदरको अन्तर हो । त्यसैले शेयरबजारको ओरालो यात्रा केही समय थामिए पनि माथि जाने सम्भावना भने ज्यादै कम देखिन्छ । यस्तोमा सोझासाझा लगानीकर्तालाई एकदमै नाफा हुन्छ भन्दै शेयरबजारमा लोभ्याउन सहज हुन्छ । यसरी शेयरबजार पसेर अहिले नोक्सानमा परेका लगानीकर्ताले बाहिर केही नबोले पनि भित्रभित्रै निकै ठूलो समस्यामा परिसकेका छन् ।

मोहन कार्की
सामाखुशी, काठमाडौं ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)