ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

एक्स्पो सबै सम्भावना र अवसरलाई साकार पार्ने थलो हो : नन्दकिशोर राठी [अन्तरवार्ता]

२०७९ पौष, ३  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

विराट एक्स्पोको सातौं शृखंला सूचना र प्रविधिको हिसाबले अन्य एक्स्पोभन्दा के फरक छ ?

यसपटकको एक्स्पो पूरै प्रविधियुक्त छ । टिकट काट्न झन्झट नहोस् भनेर क्यूआर कोडको माध्यमबाट टिकट काट्ने व्यवस्था समेत विकास गरेका छौं । साथै भित्र कुनै सामान खरीद गर्नुभयो भने पनि सोझै क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्ने व्यवस्था छ । हामीले नवप्रवेशी उद्योगी व्यवसायीका लागि छुट्टै पेभिलियनको व्यवस्था गरेका छौं । कृषि, पर्यटन, स्टार्टअपको पनि विशेष पेभिलियन राखिएका छन् । स्टार्टअपको कार्यक्रम दुई वर्षदेखि उद्योग संगठनले गर्दै आएको छ । त्यसबाहेक युवाहरूलाई पनि अवसर होस् भनेर छुट्टै पेभिलियनमा स्टार्टअपका लागि कार्यक्रम हुन्छ । रोबोटदेखि कृषि औजारसम्मको आधुनिक प्रविधि यो एक्स्पोमा राखिएका छन् । 

आधुनिक एक्स्पो भनिए पनि खाना र खाजाका स्टल पनि त छन् होलान् नि ? 

छन् । हामीले प्रदेश १ का स्थानीय खानेकुरा प्रवर्द्धनका लागि स्टलहरू राखेका छौं । घुँगी, भक्का, सेलरोटीदेखि थकाली परिकार र अन्तराष्ट्रियस्तरका खानेकुरा पनि राखिएको छ । मेला घुमिसकेपछि अवलोकनकर्ताले उद्यानमा बसेर आनन्दले खानाको स्वाद लिन सक्नुहुन्छ । एक्स्पोको स्थललाई फूलबारी र हरियालीयुक्त बनाएका छौं । यो पहिले आयोजना हुँदै आएका एक्स्पोभन्दा धेरै फरक छ । जसले एकपटक घुमेर अवलोकन गर्छ, उसले अर्काेपटक आफ्ना पाँचजना साथीलाई लिएर आउँछ भन्ने अपेक्षा गरेका छौं ।

कृषिको पेभिलियनमा के-के छन् ? 

यसपटक कृषिलाई आधुनिकीकरण गर्न चाहिने आधुनिक औजार नै मेलामा राखिएका छन् । यसका बारेमा विषय विज्ञहरूसहितको टोलीले किसानहरूलाई जानकारी दिनेछन् । परम्परागत शैलीमा खेती गर्दै आएका किसानहरूको अवस्था परिवर्तनमा यसले सहयोग पुग्नेछ । 

अन्तरराष्ट्रिय एक्स्पो भनिएको छ । कतिओटा देशको सहभागिता छ ? 

यसमा सबै गरेर ४०० ओटा स्टल छन् । त्यसमा भारत, बंगलादेश, पाकिस्तानका समेत स्टलहरू रहनेछन् । ‘मेरो देश मेरो उत्पादन’ नारा स्थापित गर्न यो एक्स्पोले केही सहयोग हुनेछ । आयात प्रतिस्थापनका लागि स्थानीय उत्पादनको प्रयोग अत्यधिक हुन आवश्यक छ । त्यही भएर यहाँका उत्पादन पनि गुणस्तरीय छन् । किन विदेशी सामान प्रयोग गर्ने भन्ने बारेमा सबैलाई सचेत बनाउने कार्य पनि एक्स्पोमा हुन्छ ।

भारतीय सीमा बजारका उपभोक्तालाई यहाँ एक्स्पो लाग्दै छ भनेर कसरी जानकारी गराइँदै छ ? 

हामीले भारतीय बजार फारबिसगञ्जमा पत्रकार सम्मेलन गरेर यहाँको एक्स्पोको बारेमा जानकारी गराएका छौं । स्थानीय सञ्चारमाध्यमबाट त्यहाँका सर्वसाधारणसम्म मेलाबारे जानकारी पुगेको छ, जसकारण यसपटक अन्य बेलाको भन्दा बढी भारतीय अवलोकनकर्ता आउनेछन् । त्यहाँका व्यापारी उद्योगीहरू आए भने त्यहाँबाट आयात हुने वस्तु र यहाँबाट निकासी हुने वस्तुहरूको बारेमा पनि जानकारी लिन सक्छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro