ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कतार विश्वकपबाट कसले लैजाला गोल्डेन ग्लोब ? 

२०७९ पौष, ३  
अन्तरराष्ट्रिय विश्वकप विशेष
Tvs Raider Image Not Found

दोहा (कतार) । कतारमा जारी विश्वकप लगभग सकिने क्रममा छ । विश्वकपको ट्रफीमा त सबैको आँखा भइहाल्छ । यसबाहेक पनि अन्य केही प्रतिष्ठित अवार्ड पनि कसले पाउला भन्ने चासो हुन्छ । यिनै अवार्ड मध्ये एक हो गोल्डेन ग्लोब । कतार विश्वकपमा चार जना यो उपाधि जित्ने प्रबल दाबेदारका रुपमा देखा परेका छन् । 
डोमोनिक लिभाकोभिक 
गएको विश्वकपमा क्रोएशिया फाइनलमा पुग्नुमा महत्वपूर्ण योगदान तत्कालिन किपर ड्यानिजेल सुबासिकको थियो । उनले पेनाल्टी शूटआउटमा चार ओटा पेनाल्टीलाई बचाएका थिए । कतार विश्वकपमा डोमोनिक लिभाकोभिक उनका पूर्ववर्ति किपर भन्दा पनि उत्कृष्ट देखिएका छन् ।

अन्तिम १६ मा जापान विरुद्धको खेलमा उनको प्रदर्शन अभूतपूर्व रह्यो । क्वाटरफाइनलमा ब्राजिल विरुद्धको खेलमा पनि यिनी निकै चम्किए । शूटआउटमा चार ओटा पेनाल्टी बचाए । कतार विश्वकप भर यिनले २३ पटक गोल बचाएका छन् । औसत किपरले रोक्नेभन्दा  उनले तीन गोल बढी बचाएका छन् । क्रोएशियाले  तेस्रो नम्बरमा चित्त बुझाउनु परेपनि गोल्डन ग्लोबमा सम्भावना लिभाकोभिकको उच्च छ ।
इमिलियानो मार्टिनेज 
हालैका वर्षमा पुरुषतर्फको फुटबलमा अर्जेनिटनाको पुनरागमनमा मुख्य व्यक्तित्व हुन् इमिलियानो मार्टिनेज । यिनको दरिलो प्रदर्शनका कारण पनि लियोनल मेसीको टिम फाइनलसम्म पुग्न सकेको हो । यिनको उपस्थितिले अर्जेन्टिनी टोलीमा शान्ति र स्थिरता देख्न पाइएको छ । क्वाटर फाइनलमा नेदरल्यान्ड विरुद्धको खेलमा शूटआउटको समयमा इमिलियानो मार्टिनेजको उपस्थिति विशेष रह्यो । अन्तिम १६ मा पनि अष्ट्रेलियालाई रोकेर अगाडि बढ्नमा उनले हस्तक्षेप महत्वपूर्ण रह्यो । आइतबारको फाइनल खेलमा उनीसामु फ्रानसेली टोली उभिनेछ । यो खेलमा पनि सुदृढ प्रर्दशन गरेमो गोल्डन ग्लोब र उनीबीचको दूरी मेटिनेछ । 
यासिन बुनो 
मोरक्को कतार विश्वकपको सेमी फाइनलमा पुग्नु उसको लागि ऐतिहासिक उपलब्धि हो । गोलकपिर यासिन बुनोको अभूतपूर्व प्रदर्शनको सहारामा उन यो चरणसम्म आइपुग्न सकेको हो । प्रतिस्पर्धा भरी बुनो जर्बदस्त लयमा रहे । अन्तिम १६ मा स्पेनविरुद्धको खेलमा यिनी झनै चम्किए । पूर्व विश्व विजेतासँगको खेलमा क्लिन शिट बनाउन यिनको ठूलो योगदान रह्यो । २ ओटा पेनाल्टी शूट आउटलाई विफल बनाएर अन्तिम ८ मा ठाउँ सुनिश्चित गरे । पोर्चुगलविरुद्धको क्वाटरफाइनल खेलमा पनि बु्रनोको चमक कम भएन । पोर्चुगलको खतरनाक हमलालाई यिनले आश्चर्यजनक रुपमा रोके । सेमी फाइनलमा २ गोल खानु अघि बुनोले प्रतियोगिताका अन्य खेलहरुमा एक गोल मात्रै खाए त्यो पनि आत्मघाति ।
ह्यूगो लोरिस 
आफ्नो टिमलाई २०१८ को विश्वकपमा उपाधी चुमाएको भएपनि भएपनि फ्रान्सेली कप्ता ह्यूगो लोरिस रडारमै थिए । यसको मुख्य कारण चाँहि २०१८ मा क्रोयशिया विरुद्धको अन्तिम खेलमा गरेको जस्तै महत्वपूर्ण क्षणमा उनले त्रुटी गर्ने सम्भावना हो । तर त्यति बेला उनको सो त्रुटीको मोल टिमले चुकाउनु परेन । फ्रान्सले उपाधि चुम्यो । कतारमा लोरिसले कठोर सुरक्षा देखाएका छन् । सेमिफाइनलमा मोरक्को विरुद्धको खेलमा यिनको दबदबा थियो । सेकेन्ड हाफमा यिनले २ ओटा स्योर शट गोललाई बिफल पारिदिए । 

विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने गोलकिपरलाई सन् १९९४ देखि यो अवार्ड दिन थालिएको हो । सोभियत रुसका लेजेन्डरी गोल रक्षक लेभ याशिनको नाममा यो अवार्ड शुरु गरिएको थियो । सन् २०१० मा यसलाई गोल्डन ग्लोब अर्थात् सुनौलो पञ्जा नामाकरण गरियो । फिफाको प्राविधि समूहले किपरको प्र्रदर्शन, सेभ, पेनाल्टी सुटआउट आदि हेरेर गोल्डन ग्लोब पाउने खेलाडीको चयन गर्छ ।

यस अघि जर्मनीका ओलिभर कहान, स्पेनका इकर कासिलास, इटलीका जियानलुजी बफाआदिले यो अवार्ड हात पारेका छन् । अघिल्लो विश्वकपमा बेल्जियमका थिबो कोर्तवाले गोल्डन ग्लोब जतेका थिए । एउटै विश्वकपमा गोल्डन बल र गोल्डन ग्लोबस जित्ने जर्मनीका ओलिभर कहान अहिलेसम्मका एक मात्रै गोलकिपर हुन् । एजेन्सीहरु

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)