ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अपर तामाकोशी हाइड्रोपावरले कति पायो रेटिङ ?

२०७९ पौष, ४  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले इक्रा नेपालमा रेटिङ गराएको छ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी-आईआर बीबी रेटिङ प्रदान गरेको छ । 

यस्तो रेटिङ प्राप्त गर्ने कम्पनीहरू समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् । उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले जनाएको छ । ‘यो कुनै खास ऋणपत्र विशेषको राय भने होइन,’ इक्राले भनेको छ । 

कम्पनी शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १० अर्ब ५१ करोडको आधारमा शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकसमेत नियुक्त गरेको छ । 

कम्पनीले विक्री प्रबन्धकमा नागरिक लगानी कोष र सह-विक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरिसकेको छ । अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय विद्युत् नियमन आयोगको स्वीकृति लिएर सेबोनबाट समेत स्वीकृति पाएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)