ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

झुक्किएर २४ वर्षको तलब थापेका व्यक्ति अझै गायब

२०७९ पुस, ६  
रोजगारी अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found

काठमाडौं (अस) । सन् २०२१ को डिसेम्बरमा दक्षिण अफ्रिकाको पुमालांगाकी एक किशोरीले आफूले भेटेको ४ करोड र्‍यान्ड प्रहरीलाई फिर्ता गरेको समाचार सामाजिक सञ्जालभर भाइरल बनेको थियो । पैसा देखेपछि महादेवको त तेस्रोनेत्र खुल्छ भन्छन् । त्यति धेरै रकम भेटेकी किशोरीले कसरी फिर्ता दिइनु भनेर धेरै दिनसम्म दक्षिण अफ्रिकीहरुले विश्वासै गर्न सकेनन् । तर त्यो खबर नै झुठो भएको पछि थाहा भयो । 

अहिले महँगी बढेको समयमा काम गरी खाने हरेक वर्गको चाहना थोरै भएपनि तलब बढी पाए हुन्थ्यो भन्ने हुन्छ । कम्पनीबाट नियमित रुपमा पाउने भन्दा बढी पैसा पाए तपाई के गर्नु हुन्छ ? यो वर्षको शुरूवाती समयमा चिलीमा नाम गरेका एक व्यक्तिले एक महीनाको तलब पाउनु पर्नेमा झन्डै २४ वर्षको तलब पाए । शुरुमा त उनलाई यो कसैले मजाक गरेको जस्तो लाग्यो होला । आफ्नो खातामा पत्याउनै नसकिने पैसा पाएको थाहा पाएपछि उनले रोजगारदातालाई पैसा फिर्ता गरिदिने वाचा गरे ।

तर कहिले भुसुक्कै निदाए त कहिले के भन्दै बाहाना पारेर बैंक गएनन् । वाचा अनुसार उनले पैसा फिर्ता दिएनन् । बरु राजिनामा दिए अनि भागे । उनले पाउनु पर्ने मासिक तलब ५ लाख पेसो थियो । तर उनको खातामा १६ करोड ५३ लाख ९८ हजार ८५१ पेसो गयो । आफूले गल्तीले धेरै पैसा पाएको पन उनले कम्पनीको मानव संसाधन विभामा सूचित गरे । तलब भुक्तानीको रेकर्ड हेर्दा उनले पाउनु पर्ने भन्दा २८६ गुणा अर्थात् झन्डै २४ वर्षको तलब पाएका थिए । 

शुरुमा ती व्यक्तिले आफूले पाएको रकम फिर्ता दिन्छु भनेर कम्पनीसँग सहमति गरेका थिए । उनले बैंकमा गएर पैसा फिर्ता गरिदिने बताएपनि अहिलेसम्म पैसा फिर्ता भएको छैन । पैसा फिर्ता लिन कम्पनीे ती कर्मचारी विरुद्ध मद्दा हालेको भएपनि अहिलेसम्म ती व्यक्ति कहाँ छन् भन्ने थाहा हुन सकेको छैन । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro