ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

फेरि कोरोना  महामारीको चपेटामा चिनियाँ कम्पनी, साओमीले १० % कामदार निकाल्दै

२०७९ पौष, ६  
रोजगारी अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

पेचिङ (चीन) । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमी कर्पोरेशनले धमाधम कर्मचारी कटौती शुरु गरेको छ ।

कम्पनीले आफ्नो स्मार्टफोन र इन्टरनेट सेवा व्यवसायबाट ठूलो संख्यामा कर्मचारी निकाल्दैछ । चीन अहिले कोरोना भाइरसको महामारीको चपेटामा आएको समयमा कयौं चिनियाँ प्रविधि कम्पनीहरुले खर्च घटाउन कर्मचारी कटौती गरिरहेका छन् । यो सूचिमा साओमी पनि थपिएको छ ।  

मंगलबार कम्पनीका एक जना प्रवक्ताले बताएअनुसार कर्मचारीहरुकको उच्चतम् प्रयोग र संगठनात्मक सुव्यवस्थीकरणको अभ्यासले कूल कार्यबलको १० प्रतिशतभन्दा कम कर्मचारी प्रभावित हुने बताएका छन् । प्रभावितहरुलाई स्थानीय नियमनअनुसार क्षतिपूर्ति दिइने उनले बताए ।

यो हप्ता चीनको वेइपो, साओहोङशु र माईमाई लगायत सामाजिक सञ्जाल मञ्चमा रोजगारी कटौतीसम्बन्धी पोष्टको बाढी नै आएको छ । चिनियाँ सञ्चार माध्यमले नाम नखुलेको स्रोतले भनेको भन्दै सोमबार नै साओमीले १५ प्रतिशत कर्मचारीलाई कामबाट निकाल्न लागेको भन्दै समाचार छापेको थियो । 

कोरोना भाइरसको महामारी पुनः बल्झिन थालेसँगै चीनमा हालैका महीनाहरुमा टेन्सेन्ट होल्डिङ्स र अलिबाबा गु्रप समेतका ठूलो प्रविधि कम्पनीहरुले धमाधम कर्मचारी कटौती गरिरहेका छन् । यो वर्षको सेप्टेम्बर ३० सम्ममा साओमीमा ३५ हजार ३१४ जना कर्मचारी कार्यरत थिए । मुख्यभूमि चीनमै ३२ हजार भन्दा धेरै छन् । पछिल्लो कदमले हजारौं कर्मचारी प्रभावित हुन सक्ने बताइएको छ ।

यी मध्ये गएको वर्ष डिसेम्बरमा कर्मचारीले शुरु गरेको धमाधम कर्मीचारी भर्तीबाट आएका पनि हुन सक्ने अनुमान गरिएको छ । चीनमा कोडिभको प्रकोपका कारण घरेलु बजारमा साओमीको विक्री घटेको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष तेस्रो त्रैमासमा कम्पनीको आम्दानी झन्डै दोहोरो अंकले घटेको थियो । स्मार्टफोन व्यवसायको विक्री समीक्षा अवधिमा ११ प्रतिशतले घटेको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro