ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

आरएसडिसी लघुवित्तसहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम आज

२०७९ पुस, १४  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ६ छुट्टाछुट्टै कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । आरएसडिसी लघुवित्तले साधारण सभा तथा लाभांश वितरण गर्नको लागि पुस १५ गते बुक क्लोज गर्दैछ भने फरवार्ड माइक्रोफाइनान्स, फर्स्ट माइक्रोफाइनान्स, कालिका पावर, युनाइटेड इन्स्योरेन्स र सेन्ट्रल फाइनान्सले पुस १७ गते बुक क्लोज गर्दैछन् । यी कम्पनीका आजसम्म कायम शेयरधनीहरूले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

कसले कति दिँदैछन् लाभांश ?

आरएसडिसी लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस शेयर र करसहित ३ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । कम्पनीले लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा गर्ने जानकारी दिएको छ । सभा एशियन होटल प्रा.लि. बुटवल, रुपन्देहीमा उक्त दिन बिहान ९ बजेबाट शुरु हुने कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आवको नाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र करसहित ५ प्रतिशत नगद लाभांश गरी जम्मा ३० प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा दिउँसो १ बजेबाट शुरु हुने कम्पनीले जानकारी दिएको छ । 

फर्स्ट माइक्रोफाइनान्सले गत आवको नाफाबाट हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । कम्पनीले उक्त लाभांश पारितका लागि पुस ३० गते साधारण सभा बोलाएको छ । सभा आम्रपाली ब्यांकेट, भाटभटेनी काठमाडौंमा बिहान १० बजे शुरु हुने जानकारी कम्पनीले गराएको हो ।
 
कालिका पावर कम्पनीले गत आवको नाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७८९ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । कम्पनीले लाभांश प्रस्ताव पारितका पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिस्टर्ड कार्यालय, भरतपुर-१०, चितवनमा बिहान ११ बजेबाट शुरु हुने जानकारी गराएको हो । 
 
युनाइटेड इन्स्योरेन्स कम्पनीले गत आवको नाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि  शून्य दशमलव २६३ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । कम्पनीले उक्त लाभांश पारितका लागि पुस २७ गते साधारण सभा बोलाएको छ । सभा अनमोल ब्यांक्वेट, शंखमुल, काठमाडौंमा उक्त दिन बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको हो ।  
 
सेन्ट्रल फाइनान्सले गत आवको मुनाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । कम्पनीले उक्त लाभांश प्रस्ताव पारितका लागि पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय, कुपण्डोल ललितपुरमा बिहान १० बजे शुरु हुने जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)