ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

विपी र मदनभण्डारी राजमार्गको सङ्गममा साढे ४ करोड खर्चेर सुविधायुक्त बसपार्क निर्माण

२०७९ पुस, २३  
यातायात विकास
Tvs Raider Image Not Found
सांकेतिक तस्वीर

सिन्धुली । विपी र मदनभण्डारी राजमार्गको सङ्गम स्थलमा सुविधायुक्त आधुनिक बसपार्क निर्माण गरिएको छ । कमलामाई नगरपालिका–९ भिमानमा सुरक्षित र सुविधायुक्त बसपार्क निर्माण गरिएको हो । 

निर्माणाधीन बसपार्कको काम सम्पन्न भएर सञ्चालनमा आउने क्रममा रहेकोे शहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख दुर्गाप्रसाद घिमिरेले जानकारी दिए ।  बसपार्क निर्माणको काम अन्तिम चरणमा पुगेका र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरेर फागुनसम्ममा नगरपालिकालाई हस्तान्तरण गर्ने तयारी गरिहेका उनले बताए । 

बाग्मती प्रदेशको सहयोगमा आर्थिक वर्ष २०७७/७८ मा ठेक्का प्रक्रियामार्फत बसपार्कको निर्माण कार्य अगाडि बढाइएको थियो । बसर्पाकभित्र बस टर्मिनल, बस रोकेर राख्ने ह्याङ्गर, यात्रु प्रतीक्षालय, टिकट काउन्टरसहितको तीन तलाको कार्यालय भवन, विश्वकर्मा बाबाको मन्दिर, सवारीसाधन मर्मत गर्ने ठाउँ र शौचालय निर्माण भइसकेको छ । १५० सवारीसाधन अटाउन सक्ने क्षमताको बसपार्क निर्माण गरिएको उनले बताए ।

आधुनिक बसपार्क निर्माणको काम विकास एन्ड ब्रदर्स, जिएससी आत्रेय र श्रीकृष्ण जेभीले गरेका हुन् । विपी राजमार्ग र निर्माणाधीन मदन भण्डारी राजमार्गको सङ्गम भिमानमा बसपार्कको आवश्यकता खट्किएको थियो । यसको परिपूर्ति गर्न प्रदेश सरकाले बजेटको व्यवस्था गरेको हो । 

कार्यालय प्रमुख घिमिरेका अनुसार आव २०७७/७८ मा प्रदेश सरकारले १ करोड रुपैयाँ बजेट उपलब्ध गराएकामा ९८ लाख ९६ हजार रुपैयाँ बराबरको निर्माण कार्य भएको थियो । आव २०७८/७९ मा ३ करोड ३० लाख रकम आएकामा ३ करोड १७ लाख ७२ हजार रुपैयाँ बराबरको निर्माण कार्य गरिएको थियो ।

आव २०७९/८० मा ३० लाख रुपैयाँ बजेटको काम भएसँगै निर्माणको सम्पूर्ण कार्य सकिएर बसपार्क सञ्चालनमा आउने भएको छ । उक्त रकमले बसपार्कमा बगैंचा बनाइने, इनार खनेर पानीको व्यवस्था गरिने र चौबिसै घण्टा बल्न सक्ने क्षमताको सौर्य बत्ती जडान गरिने लगायतका छुटेका निर्माण कार्य सक्ने योजना रहेको उनले बताए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro