ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

युनाईटेड इदी मर्दीले वितरण गर्‍यो नगद लाभांश 

२०७९ पुस, २५  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले गत वर्षको नगद लाभांंश वितरण गर्न शुरु गरेको छ । कम्पनीको मंसिर २८ गते सम्पन्न १३औं वार्षिक साधारण सभाले कूल १० दशमलव ५३ प्रतिशत करसमेत लाभांश पारित गरेको थियो ।

उक्त लाभांश पुस १८ गतेदखि सम्बन्धित शेयरधनीहरूको बैंक खातामा जम्मा गर्न शुरु गरिएको हो । कम्पनीले साधारण सभा प्रयोजनका लागि मंसिर १६ गते एक दिन बुक क्लोज गरेकाले मंसिर १५ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको नगद लाभांश प्राप्त गरेका छन् ।

बुक क्लोजको दिनसम्म धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा भने नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भएपछि मात्र बैंक खातामा जम्मा गरिने कम्पनीको भनाइ छ । यदि मङ्सिर १६ गतेपश्चात कर्जा चुक्ता भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थाको फुकुवा पत्र पेस गरेपछि मात्र नगद लाभांश जम्मा गरिने कम्पनीको भनाइ छ । कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)