ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

ताइवानीले चलाएको आइफोन कारखाना 'टेकओभर' गर्दै टाटा ग्रूप, ८० अर्ब रुपैयाँ मूल्याङ्कन

२०७९ पुस, २७  
समाचार प्रविधि अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found

नयाँ दिल्ली (भारत) । भारतको बहुराष्ट्रिय व्यापारिक घराना टाटा ग्रूप दक्षिण भारतमा रहेको आइफोन बनाउने कारखाना 'टेकओभर'को नजिक पुगको छ ।

यो सम्झौता पूरा भएपछि भारतले आफ्नो पहिलो घरेलु आइफोन निर्माता पाउनेछ । टाटाले अहिले सो कम्पनीको मालिक ताइवानको विष्ट्रोन कर्पोरेशनसँग वार्ता गरिरहेको छ । यो वार्ता महिनौंदेखि जारी रहेको र मार्चको अन्त्यमा टेक ओभर सम्पन्न हुन सक्ने यस मामिलाबारे जानकार स्रोतले बताएको भन्दै ब्लुम्बर्गले समाचार छापेको छ ।

टाटाले विष्ट्रोनको सहयोगमा मुख्य म्यानुफ्याक्चरिङ सञ्चालन हेर्ने बताइएको छ । यो योजना सार्वजनिक नभएको भन्दै स्रोतको नाम गोप्य राखिएको छ । अमेरिकी कम्पनी एप्पलको लागि ताइवानी कम्पनीहरू विष्ट्रोन र फक्सकोन टेक्नोलोजी ग्रूप आदिले आइफोन एसेम्बल गर्ने गरेका छन् । टाटाले यो सम्झौता  पूरा गर्यो भने विद्युतीय उपकरण बजारमा चीनको प्रभूत्व तोड्न् भारतको प्रयासलाई थप टेवा मिल्नेछ ।

हालैका वर्षमा दुई देशबीचको तनाव र कोभिडका कारण उत्पन्न अवरोधका कारण भारतमा चिनियाँ उपकरण निर्माता कम्पनीहरुको वर्चश्व केही घटेको छ ।

मार्च ३१ सम्ममा टाटा इलेक्ट्रोनिक्सले सो कारखानाको स्वामित्व पाइसक्ने गरी प्रक्रिया अगाडि बढिरहेको बताइएको छ । यो टेकओभरसँगै कम्पनीले विष्ट्रोनले पाइरहेको सरकारी प्रोत्साहन समेत पाउने बताइएको छ ।

यो सम्झौताले विष्ट्रोनको भारतमा रहेको एउटा मात्रै आइफोन बनाउने कारखानाको मूल्याङ्कन ६० करोड डलरभन्दा धेरैको हुने बताइएको छ । तर यसका लागि कम्पनीले चालू आवमै सरकारी प्रोत्साहन पाउनका लागि केही शर्तहरू पूरा गर्नु पर्नेछ । यस विषयमा टाटा, विष्ट्रोन र एप्पल तीन ओटै कम्पनीले कुनै प्रतिक्रिया दिएका छैनन् ।

भारतमा विष्ट्रोटन र फक्सकोनको साथमा आइफोन बनाउने कारखाना हुने अर्को ताइवानी पेगाट्रोन कर्पोरेशन हो । विष्ट्रोनले मुनाफा कम भएको आइफोन उत्पादन व्यवसायलाई सर्भर लगायत अन्य क्षेत्रमा विविधिकृत गर्न खोजिरहेको छ । कम्पनीले सन् २०२० मा चीनमा प्रतिस्पर्धी कम्पनीलाई आफ्नो फोन व्यवसाय बेच्ने सहमति पनि गरेको थियो । विष्ट्रोन भारतमा आइफोन बनाउने व्यवसायबाट बाहिरिन थालेको भएपनि यसका अन्य ताइवानी प्रतिस्पर्धीहरुले भने यहाँ आफ्नो आइफोन उत्पादन लाइन विस्तार गरिरहेका छन् ।

हालैका वर्षमा चीनप्रतिको आफ्नो निर्भरता कम गर्न ताइवानी कम्पनीले भारतमा लगानी बढाइरहेको छ । कोभिडको महामारीबीच आइफोन बनाउन चीनप्रतिको कम्पनीको निर्भरता उसलाई निकै महँगो साबित भएको छ । चीनस्थित संसारको सबैभन्दा ठूलो आइफोन बनाउने कारखानामा कोभिड संक्रमण फैलिएपछि महामारीका कारण आपूर्ति शृङ्खलामा अर्को समस्या थपिएको थियो । 

यो सम्झौता सम्पन्न भयो भने टाटाले कम्पनीको आठ ओटै आइफोन लाइन पाउनेछ । साथमा कारखानामा रहेका १० हजार कर्मचारी पनि टाटाकै हुनेछन् । यो सम्झौता पछि विष्ट्रोन  आइफोनका लागि सेपा साझेदारको रुपमा भने रहिरहनेछ ।

टाटा ग्रूपले नून देखि चिया अनि स्टिल देखि गाडीसम्म सबै कुरा बनाइरहेको छ । यसले भारतमा विमान सेवा कम्पनी र स्टारबक्सको क्याफे पनि चलाइरहकेो छ । टाटा कन्सल्टेन्सी एशियाको सबैभन्दा ठूलो आइटी आउटसोर्सीङ कम्पनी हो । समूहले चिप उत्पादनमा पनि हात हाल्दैछ । एजेन्सीको सहयोगमा

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)