ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

१६ वर्षे जवान भयो आइफोन, यस्ता थिए हालसम्म बजारमा आएका एप्पलका फोन

२०७९ पुस, २७  
समाचार प्रविधि
Tvs Raider Image Not Found
फाइल फोटो
author avatar अभियान संवाददाता

 

काठमाडौं ।  अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलको आइफोन (iphone) १६ वर्ष लागेको छ । कम्पनीले ठिक १६ वर्ष अघि सन् २००७ को जनवरी ९ मा आफ्नो  पहिलो आइफोन (iphone) सार्वजनिक गरेको थियो अहिले आइफोनसबैभन्दा प्रभावशाली प्रडक्ट बनेको छ ।

यसले स्मार्टफोन र मोबाइल उपकरणको कायापलट गरिदियो । पहिलो आइफोन (iphone) सार्वजनिक गर्ने बेलामा तत्कालीन सीईओ स्टिभ जब्सले टच कन्ट्रोलयुक्त फराकिलो स्क्रिन भएको आइपड, क्रान्तिकारी मोबाइल फोन र ब्रेकथु्र इन्टरनेट सञ्चार उपकरणको कुरा गरेका थिए ।

यो सुन्दा दर्शकमा रहेका धेरैलाई कम्पनीले तीन ओटा भिन्नाभिन्नै उपकरण ल्याउन लागेछ भन्ने पर्यो । तर यी सबै एउटै उपकरणमा थियो त्यो हो आइफोन (iphone)  । त्यति बेला स्मार्टफोन बजारमा मोटो क्यू, ब्लयाकबेरी एम पामट्रे ओ र नोकिया ई-६२ को वर्चश्व थियो ।

जब्सले यी सबै फोन र आइफोन बीचको भिन्नता औंल्याए । आइफोन (iphone)मा भौतिक किबोर्ड थिएन, जसले गर्दा यसको स्क्रिन ठूलो थियो । फिजिकल किबोर्ड किबोर्ड नहुनु नौलो कुरा थिए । यस्तै खालका (अनि ग्राहकको खासै ध्यान खिच्न नसकेका) अन्य केही उपकरण बजारमा आइसकेका थिए । आइफोन (iphone)को विशेषता चाँहि ठूलो मल्टि टच स्क्रिन थियो । त्यो ताकाको फोनमा यो नौलो कुरा थियो । अनि यसले स्मार्टफोन बजारमा खेल नै पल्टाइदियो ।

त्यतिबेला नाम चलेका कयौं मोबाइल ब्रान्ड अहिले बजारबाट हराइसकेका छन् । पहिलो आइफोन मा ३.५ इञ्चको एलसीडी डिस्प्ले थियो, २ मेगापिक्सलको क्यामरा अनि आल्मुनियम र प्लाष्टिकको बडी थियो । त्यसयता हरेक वर्ष एप्पलले नयाँ नयाँ फिचरहरु थपेर आइफोनको नयाँ संस्करण ल्याइरहेको छ ।

पहिलो आइफोन  आएको तीन वर्षपछि अर्थात् सन् २०१० मा आइफोन (iphone) ४ को साथमा आइफोनको डिजाइनमा व्यापक परिवर्तन गरियो । आइफोन ४ कम्पनीको इतिहासमा ‘टर्निङ प्वाइन्ट’ बन्यो । यसमा विल्कुल नयाँ डिजाइनको नयाँ रेटिना डिस्प्ले, ए-४ प्रोसेसर, ५ मेगापिक्सलको क्यामरा, एलईडी फ्ल्यास यस्तै कयौं फिचर थिए । २ वर्ष पछि आइफोन (iphone) ५ को साथमा आइफोनमा अर्को डिजाइन आयो । अलिक ठूलो रेटिना डिस्प्ले, ए-६ चिप, पातलो डिजाइनले यसलाई त्यतिबेलाको विश्वकै सबैभन्दा पातलो स्मार्टफोन बनयाो । सो फोनमा नयाँ ८ मेगापिक्सलको आईसाइट क्यामरा थियो ।

त्यस पछिका हरेक वर्षहरुमा कम्पनीले कयौं नयाँ कुरा ल्याउँदै गयो । अहिलेसम्म पनि कम्पनीले सो कामलाई निरन्तरता दिइरहेको छ । टच आइडी, फेस आइडी, परिष्कृत क्यामरा आदि आदि । अहिले हामीले आइफोन (iphone) १४ का संस्करणमा छौं । कम्पनीले छिटै आइफोन ) १५ ल्याउँदैछ । अहिले कम्पनीले आइफोन , एसई, आइफोन १४, आइफोन (iphone १४ प्लस, आइफोन  प्रो र आइफोन प्रो म्याक्स गरी पाँच फरक मोडलको आइफोन बनाइरहेको छ ।

यो पहिलो आइफोन भन्दा ठूलो, पातलो, छिटो अनि उज्यालो छ । ६ इन्ञ्चको स्क्रिनका यी फोन पहिलो संस्करणको आइफोनमा कल्पनै गर्न नसकिने कयौं फिचर छन् । आईओस १६ मा चल्ने अल स्क्रिन डिस्प्ले, होम बटन छैन, फेसियल रिकग्निशन, फोके भिडियो रेकर्ड, ४८ एम्पीको क्यामरा । तर स्मार्टफोनको फङ्शन भने मौलिक आइफोनको भन्दा खासै फेरिएका छैनन् ।

अहिलेका फोनमा धेरै कुरा छन् । आइफोन  १ र १४ बीचका फोन कल गर्न मिल्ने, टेक्स्ट पठाउन सकिने, आइट्युन्स, इन्टरनेटमा पहुँच अनि फोटो खिच्न मिल्ने जस्ता केही समानता अहिले पनि छन् । आइफोन (iphone)को आविष्कारले सम्भावनाका कयौं बाटा खुले । पहिलो आइफोन (iphone) ल्याउँदा खेरि जब्सले एप्पलले फोनको पुनःआविष्कार गर्न लागेको बताएका थिए । उनको यो भनाइ साँचो साबित भएको छ ।

२००७ का जनवरी ९ यता कम्पनीले अर्बौ थान आइफोन (iphone) बेचिसकेको छ । यो सबैभन्दा धेरै नाफा कमाउने पब्लिक ट्रेडेड कम्पनी पनि हो । आइफोनको अभूतपूर्व सफलताले मोबाइलको छुट्टै अर्थतन्त्र सृजना गरको छ । यसले अरु अर्बौ डलरका कम्पनीको उदयलाई टेवा दिएको छ । तर हालैका वर्षमा आइफोन (iphone) सान्दर्भिक भइरहँला ? अहिलेको केही वर्ष पछाडि पनि आइफोन चलिरहँला त ? भन्ने प्रश्नहरु उब्जिन थालेका छन् ।

तर समाजलाई पूरै फेरिदिएको उपकरण अनि विश्वमा एप्पलको वर्चश्वको कथाले भने हामीहरु सबैको मन लोभ्याइरहनेछ । आइफोन (iphone) आउनु अघि पनि स्मार्टफोनको अस्तित्व थियो । तर आज स्मार्टफोनलाई जुन तरिकाले हामीले लिन्छौं / हेर्छौ त्यसरी हेरिन्नथ्यो । ब्ल्याकबेरीले व्यवसाय केन्द्रीत फोन ल्याएको थियो । अनि नोकियाले सञ्चारको लागि मात्रै फोन बनाइरह्यो । तर एक पटक आइफोन (iphone) बजारमा आएपछि यसले डिजाइनको भाषा नै फेरिदियो ।

आज विश्वभर लाखौं करोडौं आइफोन (iphone) प्रेमीहरु कहिले नयाँ आइफोन बजारमा आउँला भनेर कुरेर बसिरहन्छन् । एन्ड्रोइड चलाउनेहरु पनि नयाँ आइफोन (iphone)मा के के फिचर आएछ भनेर रुची देखाउँछन् । शुरुदेखि नै आइफोन (iphone) ‘पर्फेक्ट’ थिएन । कम्पनीले हरेक नयाँ पुस्तासँगै यसको क्षमता र फिचर सुधार्दै गयो । एप स्टोरले आइफोनमा अर्को ब्रेकथ्रु थपिदियो । इन्ष्टाथ्रा, यूबर, स्पोटीफाई, लगायत अन्य अर्बौ डलरको एप र सेवालाई जन्मायो । अहिले एप्पलको सबैभन्दा ठूलो चुनौती आइफोन (iphone)माथिको निर्भरता कम गर्नु बनेको छ । केही वर्ष अघि जस्तो थियो अहिले आइफोन (iphone) त्यतिकै आकर्षक बन्न छाडेको छ । एजेन्सीहरुको सहयोगमा 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro