ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

‘नेक्सन ईभी रेञ्ज टेस्ट’ सम्पन्न

२०७९ माघ, ३  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बुटवल र भैरहवामा ‘नेक्सन ईभी रेञ्ज टेस्ट’ सम्पन्न भएको छ । नेपालका लागि  टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले उक्त कार्यक्रम गरेको हो । बुटवल–भैरहवा सडकमा ३९७ किमीसम्म रेञ्ज निकाल्न नेक्सन ईभी सफल भएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार उक्त रेञ्ज निकाल्दै सुवास खड्का प्रथम भएका हुन् । सो रेञ्ज काठमाडौंको तुलनामा बढी भएको कम्पनीको भनाइ छ । यसअघि काठमाडौंमा सलिम श्रेष्ठले ३४७ किमी रेञ्ज निकालेका थिए । बुटवल–भैरहवा रेञ्ज टेस्टमा  ३८७ किमी रेञ्ज निकालेर गोपाल शर्मा दोस्रो भए ।

त्यसैगरी ३७८ किमी रेञ्ज निकालेर सुबोध भट्टराई तेस्रो स्थानमा रहे । कार्यक्रममा सहभागीमध्ये २२ जनाले ३०० किमी रेञ्जभन्दा बढी रेञ्ज निकालेका थिए । कार्यक्रममा उत्कृष्ट सहभागीलाई वर्गीकरण गरी कम्पनीले पुरस्कृत गरेको थियो । प्रथम स्थान प्राप्त खड्काले सम्मान पदक र प्रमाणपत्रका साथै सामसङ स्मार्ट एलईडी टीभी पाए । दोस्रो स्थानमा रहेका शर्माले सामसङ ओभेन पाए । तेस्रो स्थानमा रहेका भट्टराईले एयर फ्रायर प्राप्त गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)