ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

घाँसेमैदान थप्दै चितवन राष्ट्रिय निकुञ्ज

२०७९ माघ, ३  
बागमती प्रदेश
Jagdamba Supershine Image Not Found

चितवन । चितवन राट्रिय निकुञ्जमा घाँसेमैदान थपिने भएको छ । निकुञ्जले यस वर्ष ५० हेक्टर क्षेत्रफलमा नयाँ घाँसे मैदान बनाउने काम शुरू गरेको छ ।

अहिले निकुञ्जको तमोरताल क्षेत्रमा राष्ट्रिय निकुञ्ज तथा संरक्षण आरक्षण आयोजनाअन्तर्गत घाँसेमैदान व्यवस्थापन र निर्माणको काम भइरहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार आयोजनाअन्तर्गत अहिले २२५ हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापन तथा निर्माण शुरू गरिएको हो । घाँसेमैदान व्यवस्थापनका लागि रू. ३३ लाख ७५ हजार र नयाँ निर्माणका लागि रू. ३५ लाख बजेट विनियोजन भएको तिवारीले बताए । निकै कम रकममा ठेक्का परेको भन्दै उनले अहिले पश्चिमी क्षेत्रमा घाँसेमैदान व्यवस्थापनको काम भइरहेको बताए ।

निकुञ्जको लामिताल, सुखिभार, भिम्लेलगायतका क्षेत्रमा घाँसेमैदान व्यवस्थापनको काम भइरहेको छ । त्यस्तै तराई भू्परिधि कार्यक्रमअन्तर्गत एक सय हेक्टर क्षेत्रफलको घाँसेमैदान व्यवस्थापनको कामसमेत भइरहेको उनले बताए । त्यसका लागि रू. १५ लाख बजेट विनियोजन गरिएको उनले बताए ।

निकुञ्जको घाँसेमैदानमा रहेका ठूला घाँस काटेर व्यवस्थापन र नयाँ ठाउँमा बुट्यान काटेर निर्माणको काम भइरहेको छ । पश्चिमी क्षेत्रको घाँसेमैदान व्यवस्थापनको काम सकिएलगत्तै पूर्वीक्षेत्रमा काम शुरू गरिनेछ । पूर्वी क्षेत्रमा अहिले राष्ट्रिय प्रकृति संरक्षण कोषले अनुमति लिएर घाँसेमैदान व्यवस्थापनको काम गरिरहेको छ । चैत महीनाभित्र घाँसेमैदान व्यवस्थापनको काम सकिने तिवारीले बताए । निकुञ्जको १० प्रतिशत भूभाग घाँसेमैदान छ । घाँसेमैदान व्यवस्थापन थप गरेपछि आहारा प्रजातिका जनावरको संख्या बढ्ने र मानवीय बस्ती क्षेत्रमा जनावर जाने क्रम कम हुने अपेक्षा निकुञ्जले गरेको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)