ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अन्नपूर्ण पदमार्गमा गतवर्ष करीब १६ हजार पर्यटक

२०७९ माघ, ३  
गण्डकी प्रदेश
Jagdamba Supershine Image Not Found

लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गमा सन् २०२२ मा १५ हजार ९०० विदेशी पर्यटक पुगेका छन् । तीमध्ये १० हजार ३६४ पुरुष र ५ हजार ५३६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को पर्यटक जाँच केन्द्र धारापानीले बताएको छ । गतवर्ष फ्रान्सबाट सबैभन्दा धेरै २ हजार १२ पर्यटक आएको केन्द्रले जानकारी दिएको छ ।

केन्द्र्रका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार यो पदमार्गमा सन् २०२१ मा भन्दा सन् २०२२ मा १३ हजार ६२७ जना बढी पर्यटक आएका छन् । सन् २०२१ मा १ हजार ५६२ पुरुष र ७११ जना महिला गरी २ हजार २७३ जना पर्यटक आएको थियो । कोरोना संक्रमणका कारण प्रभावित हुँदै आएको यस पदमार्गमा अघिल्लो वर्षहरूमा भन्दा गतवर्ष पर्यटक आगमन बढेको उनको भनाइ छ । ‘लामो समय कोरोना संक्रमणका कारण प्रभावित भए पनि विस्तारै संक्रमणको जोखिम कम भएसँगै पर्यटक आगमन हुन थालेको छ,’ उनले भने । सरकारले आवश्यक प्रचारप्रसार गर्न नसक्दा सन् २०२२ मा उक्त संख्यामा मात्र आयो, नत्र त्योभन्दा दोब्बर तेब्बर नै हुने थियो ।

सन् २०२० मा उक्त पदमार्गमा १ हजार ९७६ जना पर्यटक आएका थिए । त्यस्तै, सन् २०१९ मा ३६ हजार ६४७ जना, सन् २०१८ मा २९ हजार ४८४ जना र सन् २०१७ मा २१ हजार ६८ जना पर्यटक आएका थिए । सन् २०१७ देखि पर्यटक आगमन बढ्दै गर्दा सन् २०२० मा कोरोना संक्रमणको पहिलो लहरले पदमार्ग क्षेत्र नै प्रभावित भएको थियो । यस पदमार्गमा आउने पर्यटकमध्ये छिमेकी मुलुक चीन, भारत, जापान, अष्ट्रेलिया र बेलायतबाट आउने धेरै रहेको उक्त केन्द्रका पर्यटन सहायक गुरुङले बताए ।

सो पदमार्गमा केही समय अघिसम्म दैनिक १५० जनाभन्दा बढी पर्यटक आउने गरेकोमा चिसो बढेसँगै यति बेला भने दैनिक दुई–चार जना मात्र आउने गरेको केन्द्रले बताएको छ । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँशीशहर नगरपालिका–७ मनाङे चौतारा छ । यस पदमार्गले लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दीलाई जोडेको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)