ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अरुणभ्याली हाइड्रोले माघ २७ गते बोलायो साधारण सभा 

२०७९ माघ, ३  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले माघ २७ गते २५औं वार्षिक साधारण सभा बोलाएको छ । सोमवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मैत्री हल, इन्द्रेनी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको हाल कायम चुक्तापूँजी रू. १ अर्ब ७२ करोड ९५ लाख ९५ हजार छ । कम्पनीले प्रस्ताव गरेको लाभांशलाई विद्युत् नियमन आयोगले पुस २८ गते स्वीकृति प्रदान गरेको थियो । वार्षिक साधारण सभाबाट पारित भएपछि यो लाभांश वितरणयोग्य हुनेछ । 

साधारण सभा प्रयोजनका लागि माघ १८ गते एक दिन बुक क्लोज गर्ने जानकारी कम्पनीले दिएको छ । बुक क्लोजको आधारमा माघ १७ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन योग्य हुनेछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)