ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

लाभांश पारितका लागि गुहेश्वरी मर्चेन्टले बोलायो माघ २७ मा साधारण सभा, बुक क्लोज कहिले ?

२०७९ माघ, ३  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । गुहेश्वरी मर्चेन्ट एण्ड बैंकिङ्ग लिमिटेडले २१औं वार्षिक साधारण सभा माघ २७ गते गर्ने भएको छ । 

सभा गुहेश्वरी भवन हरिहर भवन, ललितपुरमा बिहान १० बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ । सभाले ६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साधारण सभा प्रयोजनको लागि माघ २० गते बुक क्लोज गर्ने जानकारी कम्पनीले दिएको छ । यस बुक क्लोजको आधारमा माघ १९ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । माघ २ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)