ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

जलविद्युत् कम्पनीमा लगानीकर्ताको आकर्षण कायमै, सर्वाधिक कमाउने २० मध्ये १५ हाइड्रोपावर

२०७९ माघ, ३  
लगानी नेप्से विश्लेषण
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साताको पहिलो कारोबार दिन मंगलवार नेप्से परिसूचक ३२ दशमलव ७२ अंक बढेर बन्द भएको छ । परिसूचक २ हजार १८२ दशमलव ११ विन्दुमा पुगेको छ ।

दुई दिनको सार्वजनिक बिदापछि खुलेको बजारमा पुनः जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । यसअघि पनि एक दिन जलविद्युत समूहका कम्पनीमा लगानीकर्ता खनिएका थिए । दुई दिन बजार घटे पनि मंगलवार पुनः बजार उकालो लाग्दा जलविद्युत् कम्पनीमै लगानीकर्ता झुम्मिएका छन् ।

मंगलवार कारोबारमा आएका २५० धितोपत्रको १ करोड १८ लाख ८३ हजार २८७ कित्ता ६३ हजार ४३० पटक किनबेच भएको छ । कारोबार रकम रू. ३ अर्ब ७२ करोड ४७ लाख भएको छ । 

दुई दिनको करेक्सनपछि मंगलवार खुलेको बजारमा खरीदकर्ताको आकर्षण देखिएको छ । आइतवार र सोमवार सार्वजनिक बिदा थियो । गत हप्ता नेप्से परिसूचक ६२ अंकले घटेको थियो । बजार बीचमा २० प्रतिशतभन्दा बढी बढेको थियो । बढेको बजारमा प्रोफिट बुक भएपछि दुई दिनको घटाइलाई लगानीकर्ताले करेक्सनको रूपमा लिएको देखिन्छ । 

घटेको बजारमा खरीदकर्ता हाबी भएसँगै मंगलवार बजार बढेको छ । माघ महीनाको लागि घटेको निक्षेपको ब्याजदरले पनि बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ । त्यस्तै सरकार तथा नियामक निकायहरू पूँजी बजारप्रति सकारात्मक देखिएका छन् ।  

मंगलवार कारोबारमा आएका धितोपत्रमध्ये तीन धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्रीन भेन्चर्स लिमिटेड, आदर्श लघुवित्त वित्तीय संस्था र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । ग्रीन भेन्चर्सको शेयर मूल्य रू. ४१५ दशमलव ८०, आदर्श लघुवित्तको रू. ७७१ दशमलव १० र पिपुल्स हाइड्रोपावरको रू. २९७ पुगेको छ । 

यस दिन सबैभन्दा बढी प्रभु सेलेक्ट फण्डका इकाईधनीहरूले गुमाएका छन् । यस फण्डको इकाई मूल्य ८ दशमलव ४५ प्रतिशत घटेको छ । फण्डको इकाई मूल्य रू. ८ दशमलव ९९ मा झरेको छ । त्यस्तै एनआईबिएल समृद्धि फण्ड–२ को इकाई मूल्य ६ दशमलव २१ प्रतिशत घटेर रू. ८ दशमलव १६ कायम भएको छ । 

मंगलवार अपि पावर कम्पनीको सर्वाधिक शेयर खरीदविक्री रू. २३ करोड २६ लाख बराबरको भएको छ । यस कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेसँगै खरीदकर्ताको आकर्षणमा परेको देखिन्छ । त्यस्तै सर्वाधिक दोस्रोमा अपर तामाकोशी हाइड्रोपावर कम्पनीको रू. ११ करोड ३८ लाख बराबरको कारोबार भएको छ । 

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक शून्य दशमलव ३२ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको समूहगत परिसूचक बढेको छ । सबैभन्दा बढी  होटल तथा पर्यटन समूहको परिसूचक ५ दशमलव १२ प्रतिशत वृद्धि भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)