ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नेप्सेले फुकुवा गर्‍यो तीन कम्पनीको शेयर कारोबार, बुधवारदेखि कारोबारमा आउने

२०७९ माघ, ३  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज तीन कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले महुली लघुवित्त वित्तीय संस्था, महिला लघुवित्त वित्तीय संस्था र साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर कारोबार फुकुवा गरिदिएको हो ।

यी तीनओटै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को लाभांशसम्बन्धी पत्र कारोबार समयमा उपलब्ध गराएको हुँदा नेप्सेले धितोपत्र सूचीकरण नियमावलीबमोजिम शेयर कारोबार रोक्का राखेको थियो ।

तीन दिनभित्र के कति कारणले यस्तो हुन पुगेको कारण खुलाई स्पष्टीकरण सोधेकोमा तीनओटै कम्पनीले आइन्दा यस्तो गल्ती नदोहोर्‍याउने जनाउँदै स्पष्टीकरण पेश गरेको हुँदा नेप्सेले माघ ३ गतेदेखि शेयर फुकुवा गरिदिएको हो । फुकुवा भएसँगै तीनओटै कम्पनीको शेयर बुधवारबाट कारोबारमा आउनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)