ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

पाल्पामा सहज बन्दै राहदानी सेवा

२०७९ माघ, ४  
लुम्बिनी प्रदेश
Tvs Raider NA

पाल्पा । पाल्पामा राहदानी सेवा लिन सेवाग्राहीले लामबद्ध भएर सास्ती खेप्नुपरेपछि सो सेवालाई सहज बनाइएको छ । छिटोछरितो सेवा दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले विद्युतीय राहदानीका लागि सेवा समय थप गरेको हो । समय बढाएर सेवा दिन थालेपछि अहिले सेवाग्राहीलाई सजिलो भएको छ ।     

कार्यालयले दैनिक तीन सिफ्टमा समय तालिका बनाएर सेवा शुरू गर्दै बिहान आठ बजेदेखि बेलुका सातबजेसम्म ११ घण्टा सेवा पुर्‍याएको छ । बिहान आठबजेदेखि १० बजेसम्म, १० बजेदेखि दिउँसो चार बजेसम्म र चार बजेदेखि बेलुका सात बजेसम्म समय तालिकाअनुसार सेवा दिन थालिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।

‘राहदानी लिनेको भीड बढ्न थालेपछि सेवाको अवधि विस्तार गरिएको छ,’ उनले भने, ‘विद्युतीय राहदानीका लागि एउटा मात्र मेशिन चालू भएकाले जतिसक्दो धेरैलाई सेवा दिने प्रयासमा छौं ।’

उनका अनुसार एक दिनमा ७० जनासम्मको काम भएको छ । इलाका प्रशासन कार्यालयबाट पनि सो दिन राहदानी मेशिनको व्यवस्थाका लागि पहल गर्नुपर्ने भएको छ । कार्यालयले अन्य सेवा प्रवाह गर्न पनि समयतालिका निर्धारण गरेको छ । सेवासम्बन्धी कुनै द्विविधा वा अस्पष्टता भएमा फाँटवाला प्रमुख वा सहायक प्रमुख जिल्ला अधिकारीको सहयोग लिन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

उक्त कार्यालयले एक वर्षअघि पनि केही समयसम्म दैनिक तीन सिफ्ट गरी सेवा दिएको थियो । सेवाग्राही कम हुँदै गएपछि भने सो सेवा स्थगन गरिएको थियो । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)