ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

हिउँ नपर्दा सोलुका किसान चिन्तित

२०७९ माघ, ४  
कोशी प्रदेश
Jagdamba Supershine NA

सोलुखुम्बु । यस वर्ष समयमै हिउँ र पानी नपर्दा हिमाली जिल्ला सोलुखुम्बुका किसान चिन्तित छन् । विगतका वर्षमा मङ्सिर र पुसमै हिउँ पर्ने सोलुखुम्बुमा यस वर्ष माघ लागिसक्दा पनि हिउँ नपर्दा बालीनाली सुक्न थालेका छन् भने हिमालहरू कालो पत्थरमा परिणत हुँदै गएका छन् ।

विगतमा यतिबेला सोलुखुम्बुका खेतबारी र डाँडापाखा हिउँले ढाकिन्थे । तर यसवर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र खेतबारी सुक्खा भएको लिखुपिके गाउँपालिका–५ का कामीछिरी शेर्पाले बताए ।

जिल्लाको माथिल्लो क्षेत्र खुम्बुमा गएको वर्ष पुस लाग्न नपाई हिउँ परेको थियो । यस वर्ष माघमा समेत हिउँ नपर्दा आलु, उवा, गहुँ जस्ता बाली बारीमै सुक्न थालेको किसानहरू बताउँछन् । हिउँ नपर्दा बारी सुक्खा बन्दै गएको छ भने लगाइएका बाली सुक्दै गएको दूधकोशी गाउँपालिका–५ की हस्तकला राईले बताइन् । समयमा हिउँ र पानी नपर्दा यो वर्ष गतवर्ष जस्तो धेरै चिसो पनि महसूस नभएको सोलुदूधकुण्ड नगरपालिका–३ का कामिङमार शेर्पाले बताए ।

हिउँ पर्ने समयमा हिउँ नपरेको र जलवायुको तापक्रम समेत बढ्दै गएकाले यहाँका बासिन्दा चिन्तित छन् । वनजंगलको तीव्र फँडानी, विभिन्न हानिकारक ग्यासको उत्सर्जन लगायत कारण जलवायुमा परेको असरले वातावरणमा यस्तो परिवर्तन देखापरेको वातावरणविद् राजन थापाले बताए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)