ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

हिमालय एअरलाइन्सको काठमाडौं–पेचिङ उडान शुरू

२०७९ माघ, ४  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । हिमालय एअरलाइन्स्ले चीनको राजधानी पेचिङमा उडान शुरू गरेको छ । कम्पनीले मंगलवार पहिलोपटक काठमाडौं–पेचिङ उडान गरेको हो । मंगलवार बिहान १० बजेर ४० मिनेटमा विमान काठमाडौंबाट उडेको र पेचिङको तासिङ अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । नेपालको काठमाडौं र पेचिङलाई सीधा हवाई यातायातमार्फत जोड्ने यो पहिलो उडान भएको उनले बताए ।     

चीनको राजधानी पेचिङमा झन्डै तीन वर्षपछि अन्तरराष्ट्रिय वायुसेवा कम्पनीले उडान थालेका छन् । तीमध्ये हिमालय एअरलाइन्स् पहिलो भएको बताइएको छ ।

राजधानीको नयाँ विमानस्थल पेचिङ तासिङ अन्तरराष्ट्रिय विमानस्थलमा हिमालय एअरलाइन्स्ले हप्तामा एकपटक उडान गर्ने भएको छ । चीनले कोभिड–१९ महामारीपछि सन् २०२० को मार्च १ देखि सबै अन्तरराष्ट्रिय उडानमा रोक लगाएको थियो ।

काठमाडौं–पेचिङ रूटमा चीनको चाइना साउदर्न एअरलाइन्स्, चाइना इस्टर्न एअरलाइन्स्, पेचिङ क्यापिटल एअरलाइन्स्सँगै हिमालय एअरलाइन्स्ले पनि उडान शुरू गरेको हो । तीमध्ये हिमालयले हाललाई साताको एकपटक काठमाडौंबाट उक्त विमानस्थलमा उडान गर्ने र चाइना साउर्दनले हङकङमा साताको तीन उडान गर्ने बताइएको छ ।

पेचिङको दोस्रो अन्तरराष्ट्रिय विमानस्थल सन् २०१९ को अक्टोबर २७ मा उडानका लागि खुला गरिएको थियो । तर कोभिड–१९ महामारीका कारण पाँच महीनापछि नै बन्द भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)