ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कोइला खानी विस्तारको विरोध गर्दा जलवायु अभियन्ता ग्रेटा थनबर्ग पक्राउ

२०७९ माघ, ४  
अन्तरराष्ट्रिय
Jagdamba Supershine Image Not Found

जर्मनी । जलवायु अभियन्ता ग्रेटा थनबर्गलाई पश्चिम जर्मनीको एउटा गाउँमा कोइला खानीको विस्तारको विरोध गर्दा प्रहरीले पक्राउ गरेको छ ।

जर्मन प्रहरीले उनीलगायत अन्य प्रदर्शनकारीलाई मंगलवार पक्राउ गरेको समाचार संस्था रोयटर्सले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । उनी स्वीडेनकी जलवायु अभियन्ता हुन् । पक्राउपछि उनी जलवायु अभियन्ता भएको खुलेपछि लगत्तै प्रहरीले रिहा गरेको थियो ।

यसअघि पनि पश्चिम जर्मनको नर्थ राइन- वेस्टफालियाका धेरै ठाउँमा खानी विस्तारको विरोधमा प्रदर्शन भइसकेको छ । सरकारले प्रहरी हस्तक्षेप गर्दै खानी बिस्तार गर्ने क्रम जारी राखेपछि उनको टोली त्यहाँ पुगेको समाचारमा उल्लेख छ । प्रहरी प्रशासनको उक्त कदमको विरोधमा उनी स्विडेनबाट जर्मनी पुगेकी हुन् ।

उता जर्मन समाचार एजेन्सी डीपीएका अनुसार प्रहरीले प्रदर्शनकारीलाई अवरोध रोक्न पटक - पटक आग्रह गरेको थियो ।त्यहाँ विरोध प्रदर्शन बढेपछि प्रहरीले गाउँनै खाली गरेर खानी बिस्तारको काम गरिरहेको छ । उनी त्यहाँ आयोजित विरोध प्रदर्शनीमा पनि सहभागी भएकी थिइन् । एजेन्सी


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)