काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरूका परिवारजनलाई बुझाइएको छ ।
पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । उनका अनुसार मंगलवार भेटिएको शव पनि परीक्षणका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ । दुर्घटनामा परेका एक जनाको स्थिति अझै अज्ञात छ । यसअघि मंगलवार नै ४८ शवलाई काठमाडौंस्थित शिक्षण अस्पताल पुर्याइएको थियो ।
पहिचान र सनाखत हुन नसकेका, विदेशी नागरिक र चालक दलका सदस्यको शव काठमाडौंमा परीक्षण हुनेछ । शव क्षतविक्षत भएका कारण पहिचानका लागि डिएनए परीक्षण गर्नुपर्ने भएकाले आफन्तले शव पाउन अझै केही दिन लाग्ने देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक अजय केसीले दुर्घटनामा बेपत्ता एक व्यक्तिको खोजी भइरहेको बताए । मंगलवार पनि दिनभर गोताखोर र ड्रोन प्रयोग गरेर शवको खोजी गरिएको थियो । सेती नदीको पानीको सतह घटाएर खोजी गर्दा दुर्घटनास्थलभन्दा दुई किलोमिटर तल एउटा शव फेला परेको हो ।
‘सोमबार शव खोज्दा हात, करङ र टाउकाको भाग छुट्टाछुट्टै भेटिएको थियो, त्यो दुई व्यक्तिको हो वा एउटैको हो, पत्ता लागाउने काम भइरहेको छ,’ उनले भने । ६८ यात्रुसहित चालक दलका ४ सदस्य लिएर आइतवार काठमाडौंबाट पोखराका लागि उडेको जहाज सेतीखोंचमा खसेको थियो । रासस
थप समाचारहरू
पोखरा विमानस्थल नजिकै सेती खोंचमा यति एयरलाइन्सको विमान दुर्घटना [ब्रेकिङ]
कसले खिचेका थिए पोखरा विमान दुर्घटनाको भाइरल भिडियो ? ‘खिचेको ५ सेकेण्डमै दुर्घटना’
यती एयरलाइन्सको विमान दुर्घटनाको समाचार ब्रेक गर्दा...