ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

त्रीवेणी आयल प्रोसेसिङ कम्पनीद्वारा ईआईएका लागि लिखित राय सुझाव पठाउन आह्वान

२०७९ माघ, ४  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकास्थित त्रीवेणी आयल प्रोसेसिङ एन्ड प्याकेजिङ ईन्डष्ट्रिज प्रालिले वातावरणीय अध्ययन प्रतिवेदन (ईआईए)का लागि सराेकारवाला निकायलाई लिखित राय सुझाव पठाउन आह्वान गरेको छ । 

बुधवार एक दैनिक पत्रिकामा सूचना प्रकाशन गर्दै कम्पनीले सरोकारवाला व्यक्ति र संस्थालाई सूचना प्रकाशन भएको १५ दिनभित्र लिखित राय सुझाव पठाउन आह्वान गरेको हो । 

कम्पनीले गोदावरी नगरपालिका–५ स्थित कित्ता नं. ६८२ मा खाने तेल प्रोसेसिङ र प्याकेजिङ गर्ने ईन्डष्ट्रिज निर्माण गर्न लागेको छ । 

‘वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक, भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, सांस्कृतिक प्रणाली र आर्थिक प्रणालीबीच के कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न सो स्थानको गाउँपालिका तथा त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाको लिखित राय सुझाव लिन आवश्यक भएकाले सार्वजनिक सूचना प्रकाशन भएको मितिले १५दिनभित्र लिखित राय सुझाब उपलब्ध गराइ दिन हुन अनुरोध छ,’ सूचनामा भनिएको छ । 

कम्पनीले लिखित राय सुझावका लागि कम्पनी निर्माण हुने स्थलमा रहेको कार्यालय र काठमाडौं महानगरपालिका–१०, बानेश्वरस्थित कम्पनीको परामर्शदाता सस्टेनेबल भेन्चर्स प्रालिको कार्यालय वा इमलेमा पठाउन भनेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)