ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

हजारौं कर्मचारी कटौती गर्ने योजनामा माइक्रोसफ्ट, अरु कुन - कुन कम्पनी छन ?        

२०७९ माघ, ५  
प्रविधि
Tvs Raider Image Not Found

वासिङ्टन । कम्प्यूटर सफ्टवेयरसम्बन्धी बहुराष्ट्रिय कम्पनी माइक्रोसफ्टले लामो  समयदेखि कार्यरत आफ्ना हजारौं कर्मचारीलाई सेवाबाट हटाउने तयारी  गरिरहेको छ ।     
     
स्काई न्यूजलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले सफ्टवेयरसम्बन्धी उक्त कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति अर्थात् करीब ११ हजार भूमिकाहरू कटौती गर्न खोजिरहेको उल्लेख गरेको छ ।  विभिन्न आशंकाहरुवीच मानव संशाधन र इञ्जिनियरिङ विभागमा हजारौंको संख्यामा रोजगारी कटौती हुने भनाइ कम्पनीले बुधवार मात्र सार्वजनिक गरेको छ ।

 अमेरिकी प्रविधि क्षेत्रमा रोजगारीको यो पछिल्लो  ठूलो कटौती हुनेछ । अमेजन डट कम, ओ प्लस एसलगायत कम्पनीहरूले सुस्त माग र बिग्रँदो विश्वव्यापी आर्थिक दृष्टिकोणको प्रतिक्रियास्वरूप कटौती अभ्यासको घोषणा गरेका छन् । ट्विटर, मेटा र अन्य धेरै प्राविधिक कम्पनीहरू पछि माइक्रोसफ्टले अनिश्चित बृहत् आर्थिक अवस्थाका कारण ठूलो संख्यामा कर्मचारी कटौती गर्ने तयारी गरिरहेको बताइएको छ ।
     
सन् २०२२ को जुन ३० सम्ममा माइक्रोसफ्टमा २ लाख २१ हजार पूर्णकालिन कर्मचारीहरू थिए, जसमा संयुक्त राज्य अमेरिकामा मात्रै १ लाख २२ हजार र विभिन्न अन्तरराष्ट्रिय मुलुकमा बाँकी ९९ हजार कर्मचारी रहेका थिए ।  व्यक्तिगत कम्प्युटर बजारमा आएको मन्दीले विन्डोज र उपकरणहरूको विक्रीमा असर पारेपछि माइक्रोसफ्टले आफ्नो क्लाउड युनिट ‘एजुयर’मा वृद्धि दर कायम राख्न दबाब दिइरहेको रोयटर्सले समाचारमा उल्लेख गरेको छ । 

गत अक्टोबरमा पनि समाचार साइट एक्जिओसले माइक्रोसफ्टले विभिन्न विभागका कार्यरत करीब १ हजार कर्मचारीलाई सेवाबाट निकालेको बताएको थियो । कम्पनीका सीईओ सत्या नडेलाले सीएनबीसीसँगको एउटा अन्तर्वार्तामा माइक्रोसफ्ट विश्वव्यापी परिवर्तनहरूबाट अछुतो नभएको बताएका छन्।

उननले आगामी २ वर्ष प्रविधि कम्पनीहरुका लागि चुनौतीपूर्ण हुने पनि बताएका छन् । दिर्घकालिन वित्तीय संरचनालाई चुस्त राखी कम्पनीको प्रतिस्पर्धात्मक क्षमता बढाउने उद्धेष्य राखिएको कम्पनीको भनाइ छ ।

गत वर्ष अन्य क्षेत्रका प्रविधि स्टार्टअप कम्पनीले  करीब १ लाख ५० हजार कर्मचारीलाई सेवाबाट हटाएका थिए । यसरी हटाउनेमा बाइजुज (१५ हजारभन्दा बढी), मेटा (११ हजारभन्दा बढी), ट्वीटर (३हजार ७००भन्दा बढी), अमेजन (१० हजारभन्दा बढी), लिफ्ट, अल्फाबेट, टेस्ला, सपिफाइ, नेटफ्लिक्सलगायत दर्जनौं कम्पनी थिए ।

 बढ्दो आर्थिक मन्दी र कोभिड महामारीका कारण प्रविधि क्षेत्रमा बढेको लगानी र अवसरको आकर्षण घट्दै गएपछि शुरु भएको कर्मचारी हटाउने ट्रेन्ड यस वर्ष पनि जारी रहने संकेत देखिएको छ । वर्ष २०२३ को शुरुमै यो ट्रेन्ड अझै आक्रामक रूपमा देखापरेको छ ।

आर्थिक मन्दी, बढ्दो प्रतिस्पर्धासँगै प्रविधि कम्पनीहरूको शेयरमूल्य गएको वर्षदेखि नै धेरै नै घटेको छ ।विश्व अर्थतन्त्र र आम्दानीमा भएको ह्रासलाई यस्तो ठूलो संख्यामा कर्मचारी कटौतीको मुख्य कारण मानिएको छ । एजेन्सीहरु

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)