ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

आरएसडिसी लघुवित्तको नाफा ६२ % बढ्यो, ६ अर्बभन्दा बढी कर्जा प्रवाह

२०७९ माघ, ५  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ७ करोड ९४ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा ६२ दशमलव ३४ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा रू. ४ करोड ८९ लाखभन्दा बढी थियो ।

यस वर्ष कम्पनीको सञ्चालन नाफा करिब ६३ प्रतिशत बढी भएकाले खुद नाफामा बृद्धि भएको हो । गत वर्ष दोस्रो त्रैमाससम्म रू. ६ करोड ९६ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ११ करोड ३४ लाखभन्दा बढी सञ्चालन नाफा गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ८० करोड ५१ लाख ५५ हजार रहेको छ । रिटेन्ड अर्निग गत वर्षभन्दा २१९ दशमलव ५९ प्रतिशत बढेर रू. १५ करोड १८ लाखभन्दा बढी पुगेको कम्पनीको जगेडा कोषमा रू. १० करोड ९३ लाखभन्दा बढी रकम सञ्चित रहेको छ । 

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट रू. ५ अर्ब ३२ करोडभन्दा बढी कर्जा सापटी लिएको छ भने रू. ६ अर्ब २८ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको कर्जा सापटी २४ प्रतिशत बढेको हो भने कर्जा प्रवाह २२ प्रतिशत बढी भएको हो ।

निष्क्रिय कर्जा गत वर्षभन्दा बढेको छ । गत वर्ष शून्य दशमलव २८ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा यस वर्ष शून्य दशमलव ८१ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १९ दशमलव ७३ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १३२ दशमलव ४५ रहेको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)